Connect IPS
IME Life

१० महिनामा जीवन बीमकहरुले गरे कुल १ खर्ब २१ अर्बको व्यापार, कुनको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्ष २०८० /८१ को वैशाख महिनासम्ममा जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब २१ अर्बभन्दा बढी हकुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार यस अवधिमा १ करोड ४१ लाख ४१ हजार ५ सय वटा बीमा पोलिसी विक्री गरि कुल १ खर्ब २१ अर्ब ३५ करोड ९५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

यस अवधिमा पनि नेपाल लाइफको अग्रता कायमै छ । यस अवधिमा कम्पनीले ३२ अर्ब ३८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा नेशनल लाइफले १४ अर्ब ३३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा एलआइसी नेपालले १४ अर्ब २३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest
त्यस्तै, हिमालयन लाइफले १३ अर्ब ५१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सूर्यज्योति लाइफले७ अर्ब २७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । एशियन लाइफले ६ अर्ब ३८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ७६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सिटिजन लाइफले ४ अर्ब ७० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यसैगरी सानिमा रिलायन्स लाइफले ४ अर्ब ६९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । मेट लाइफले ४ अर्ब ५७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । आइएमई लाइफले ३ अर्ब ६५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ४१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । रिलायबल नेपाल लाइफले ३ अर्ब ३४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सन नेपाल लाइफले ३ अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS