IME Life New

आईपीओ निष्कासन गर्ने प्रस्तावसहित प्रभु लाइफले बोलायो पहिलो साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख २० । संचालन को हिसाब ले नेपाल को साबि भन्दा कान्छो जिबन बिमा कम्पनी प्रभु लाइफ इन्स्योरेन्सको कम्पनीको पहिलो वार्षिक साधारण सभा जेठ १० गते बिहीवार गर्ने भएको छ ।

वैशाख १२ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार उक्त दिन २ बजे लैनचौरमा साधारण सभा डाकेको हो ।

Esewa
Crest

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले साधारणसभमा आइपिओ निष्काशनको स्वीकृतिको लागि प्रस्ताव लैजाने भएको छ। संचालक समितिको निर्वाचन पनि हुने छ। प्रभु लाइफ इन्स्योरेन्सले आफ्नो कम्पनीको ठेगाना परिर्वतन, कम्पनीको प्रवन्धपत्र तथा नियमावली संसोधन गर्ने लगायतको सामान्य तथा बिशेस प्रस्तावहरु पारित गर्ने छ ।

२ अर्ब चुक्ता पुँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक सेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले केही समयभित्रै ६० करोड रुपैयाँबराबरको साधारण सेयर जारी गर्नेछ ।

प्रभु लाइफ इन्स्योरेन्सको मुख्य प्रबर्दकहरुमा नेपालको इमर्जिङ समूह, प्रभु समूह, प्रभु बैंक,सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको प्रभु लाइफले बीमा बजारलाई ग्रामिण तहसम्म पुर्याउने लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS