Connect IPS
IME Life

जीवन बीमकको लगानी साढे ६ खर्ब माथि, कसको कति लगानी ? कुन-कुन क्षेत्रमा कति ? (सूचीसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुले विभिन्न क्षेत्र ६ खर्ब ६० अर्ब रुपैयाँ बढी लगानी गरेको पाइएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको तथ्यांकले १४ वटा जीवन बीमकहरुले ६ खर्ब ६० अर्ब १२ करोड २८ लाख रुपैयाँ लगानी गरेको पाइएको हो।

तथ्यांकअनुसार विभिन्न क्षेत्रमा नेपाल लाइफको लगानी सर्वाधिक देखिएको छ। यो कम्पनीले मात्रै १ खर्ब ९५ अर्ब २० करो १६ लाख रुपैयाँ लगानी गरेको छ।

Prabhu
Crest

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन रहेको छ। यो कम्पनीले विभिन्न क्षेत्रमा ९६ अर्ब ८७ करोड २७ लाख रुपैयाँ लगानी गरेको छ।

नेसनल लाइफले पनि विभिन्न क्षेत्रमा ६१ अर्ब ९५ करोड २५ लाख रुपैयाँ र हिमालयन लाइफले ६१ अर्ब ६ करोड ९५ लाख रुपैयाँ लगानी गरेको छ।

विभिन्न क्षेत्रमा राष्ट्रिय बीमा कम्पनीले ५२ अर्ब २७ करोड ३१ लाख रुपैयाँ लगानी गर्दा एसियन लाइफले ४० अर्ब ७१ करोड ६३ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ३३ अर्ब ५४ करोड ३० लाख रुपैयाँ, मेट लाइफले २७ अर्ब ८९ करोड ६४ लाख रुपैयाँ, सिटिजन लाइफले १७ अर्ब ९७ करोड २७ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १७ अर्ब २१ करोड ६३ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १५ अर्ब ६१ करोड ४२ लाख रुपैयाँ, आइएमई लाइफले १४ अर्ब ४९ करोड ५३ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १४ अर्ब ८ करोड ३ लाख रुपैयाँ र सन नेपाल लाइफले ११ अर्ब २१ करोड ८५ लाख रुपैयाँ लगानी गरेका छन्।

कुन क्षेत्रमा कति लगानी ?

  • नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा ३ अर्ब ५२ करोड ३ लाख रुपैयाँ
  • वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा ४ खर्ब ५५ अर्ब ५ करोड ३१ लाख रुपैयाँ
  • पूर्वाधार बैंकको मुद्दति निक्षेपमा ७० करोड रुपैयाँ
  • विकास बैंकहरुको मुद्दति निक्षेपमा ४३ अर्ब १२ करोड ७ लाख रुपैयाँ
  • फाइनान्स कम्पनीहरुको मुद्दति निक्षेपमा १५ करोड २० लाख रुपैयाँ
  • सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा ७६ करोड ४५ लाख रुपैयाँ
  • बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ४५ अर्ब ९७ करोड ६५ लाख रुपैयाँ
  • सूचीकृत पब्लिक कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्रमा २६ अर्ब १९ करोड ६ लाख रुपैयाँ
  • कृषि उत्पादन तथा वितरण, शीत भण्डार, गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जालगायत वीकरणीय ऊर्जा परियोजना, केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्यमा ८ अर्ब ४८ करोड ७५ लाख रुपैयाँ
    नागरिक लगानी कोष र म्युचुअल फन्डमा २ अर्ब ४५ करोड ७० लाख रुपैयाँ
  • इन्भेस्टमेन्ट कम्पनीको शेयरमा ५२ करोड ६५ लाख रुपैयाँ
  • अन्य संस्थापक शेयरमा १३ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ
  • सूचीकृत नभएका अन्य पब्लिक कम्पनीको शेयरमा ६१ करोड ६१ लाख रुपैयाँ
  • अन्य लगानीः ३७ अर्ब ६ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS