IME Life New

इन्स्योरेन्स प्रोफेसनल सोसाइटी म्याग्दी च्याप्टरद्वारा प्रभातफेरी कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी म्याग्दी च्याप्टरले बीमा दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । म्याग्दी जिल्लामा कार्यालय सञ्चालन गरी बीमा ब्यवसायमा लागेका बीमकका कर्मचारीहरुको संगठन निप्सको आयोजनामा वेनीमा रहेका लाइफ तथा ननलाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुले म्याग्दी जिल्ला सदरमुकाम वेनी वजारमा प्रभातफेरी कार्यक्रम गरेका हुन् ।

त्यस्तै, सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल वाल संगठनमा खाद्यसामाग्री सहयोग हस्तान्तरण गरी बीमा दिवस मनाएकोहो । प्रभातफेरी सहित बेनी स्थीत वाल संगठनमा पुगेर औपचारीक कार्यक्रम सम्पन्न भएको थियो ।

Esewa
Crest

यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा वोल्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरथ एउटा विरुवालाई निरन्तर संरक्षण गर्नसकेमा भविश्यमा त्यही रुखले फल दिएर हामिलाई संरक्षण गर्छ बीमा त्यही रहेको बताए । बीमाको उपलब्धी लामो समय पछि मात्र देखिने भएको हुँदा यसमा मानिसलाई विश्वासमा लिन र टिकाईराख्न चुनौती भएतापनी सचेतनाले सहजिकरण गरिरहेको बताए ।

साथै बीमा कम्पनीहरु विच हुने अस्वास्थ प्रतिश्प्रधा कम्पनीहरु स्वयमका लागी घातक हुने हुँदा आफ्नो कम्पनीको राम्रो कुरा लगेर बीमा वजारीकरण गरौं अर्को कम्पनीका वारेमा कुनैपनी कुरा नगरौ भन्ने सुझवा दिएका थिए ।

नेपाल बाल संगठनका सचिव तथा एशियन लाइफ इन्स्योरेन्सका अभिकर्ता सन्दीप खत्रीले खाद्य समाग्रि ग्रहण गर्दै नेपाल बाल संगठनमा अभिभाबक विहिन वालवालिकाहरु रहने तथा वाल संगठनको कुनै नियमित आम्दानीको श्रोत नभएको हुँदा सहयोगदाताहरुको सहयोगमा सञ्चालन भइरहेको हुँदा यस सहयोगले सञ्चालनमा थप सहयोग पुर्याउने आशा ब्यक्त गरे ।

निप्स म्याग्दीका अध्यक्ष एवं एशियन लाइफ इन्स्योरेन्स म्याग्दीका प्रमुख हरिप्रसाद पौडेलको अध्यक्षता सचिव एवं सानिमा रिलायन्स म्याग्दीका प्रमुख मुक्ति पौडेलको सञ्चालन र उपाध्यक्ष एवं सलिको म्याग्दीका कार्यालय प्रमुख देवेन्द्र पौडेलले स्वागत मन्तवब्य राखेका थिए ।

कार्यक्रममा म्याग्दी जिल्लामा कार्यालय रहेका १२ लाइफ तथा ४ ननलाइफ गरी १६ वटा कम्पनीका कर्मचारीहरु, वाल संगठनका पदाधिकारी एवं सदस्यहरु तथा वालसंगठनमा रहेका वालवालिकाहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS