IME Life New

पाँच वर्षमा जीवन बीमकको कोष २ गुणाले बढ्दा पूँजी कोषमा रू. ६ खर्ब भन्दा बढी रकम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरूको पूँजी कोष पाँच वर्षको अवधिमा दोब्बर बढीले वृद्धि भएको छ। नयाँ बीमालेख बिक्रीसंख्या थपिनुका साथै पुरानो बीमालेखको नविकरणवापतको रकम संकलनका कारण जीवन बीमा कोषमा उल्लेख्य वृद्धिसँगै समग्र पूँजी कोष २.३७ प्रतिशतले वृद्धि भएको हो ।

नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७९/८० को मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूसँग कूल ६ खर्ब ३६ अर्ब ६९ करोड ९० लाख रूपैयाँ बराबरको पूँजी कोष कायम थियो । आ.व. २०७५/७६ को तुलनामा पूँजी कोष २.३७ प्रतिशतले बढेको हो ।

Esewa
Crest

समिक्षा अवधिमा सबैभन्दा बढी ३ खर्ब ३५ अर्ब ५५ करोड रूपैयाँ जीवन बीमा कोषमा थपिएको छ। आ.व. २०७९/८० सम्ममा जीवन बीमकको कूल बीमा कोषमा ५ खर्ब ६१ अर्ब ७३ करोड रूपैयाँ नाघेको छ। आव २०७५।७६ मा जीवन बीमकसँग बीमा कोषमा जम्मा २ खर्ब २६ अर्ब १८ करोड रूपैयाँ मात्र थियो ।

जीवन बीमकको पूँजी कोष,                                                                                                                                   तथ्यांक श्रोतः नेपाल बीमा प्राधिकरण

यसैगरी बीमकको चुक्ता पूँजीमा ७३ प्रतिशतले वृद्धि भएर आ.व. २०७५/७६ को ३१ अर्ब ९ करोड  रूपैयाँबाट आ.व. २०७९/८० मा ५३ अर्ब ७६ करोड रूपैयाँ नाघेको छ। प्राधिकरणले आगामी असार मसान्तभित्र जसरी पनि चुक्ता पूँजी वृद्धि गरेर तोकिएको न्यूनत्तम चुक्ता पूँजी कायम गर्न जीवन बीमकलाइ दबाब दिइ रहेकाले यो अझै बढ्ने क्रममा छ। प्राधिकरणले जीवन बीमकको लागि ५ अर्ब रूपैयाँ र निर्जीवन बीमकको लागि २ अर्ब ५० करोड रूपैयाँ न्यूनत्तम चुक्ता पूँजी कायम गरेको छ।

जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको जगेडा कोष आ.व. २०७५/७६ मा ९ अर्ब २० करोड रूपैयाँ रहेकोमा गत आवमा १७ अर्ब ३४ करोड रूपैयाँ पुगेको थियो। चुक्ता पूँजी वृद्धिका लागि जगेडा कोषको रकम प्रयोग भइरहेकाले आ.व. २०८०/८१ मा जगेडा कोषको रकम केही घट्ने देखिएको छ।

आ.व. २०७७/७८ मा जीवन बीमकको कूल चुक्ता पूँजी ४० अर्ब २२ करोड रूपैयाँ, जगेडा कोष १२ अर्ब ९६ करोड रूपैयाँ, बीमा कोष ३ खर्ब ७५ अर्ब ४६ करोड रूपैयाँ र महाविपत्ती कोष २ अर्ब ८८ करोड रूपैयाँ रहेको थियो । आ.व. २०७९/८० को अन्त्यसम्ममा जीवन बीमकको महाविपत्ती कोषमा ३ अर्ब ८६ करोड रूपैयाँ रहेको थियो ।

जीवन बीमा कम्पनीहरूले पूँजीकोषको रकम मुद्दती निक्षेप, ऋण पत्र, साधारण शेयर, संस्थापक शेयर, बचत पत्र, घरजग्गा, पर्यटन पूर्वाधार,शिक्षा, जलविद्युत, हवाइ सेवालगायतको क्षेत्रमा लगानी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS