काठमाडौँ । कृषि विकास बैंकले आज अर्थात चैत २९ गते सार्वजनिक बिदाका दिन पनि बैंकिङ सेवा दिने भएको छ । आज बिहिबार सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व इद–उल (इद) को अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ । आफ्ना ग्राहकहरुको सेवा तथा सुविधालाई मध्यनजर गर्दै बैंकले आफ्ना सबै शाखा कार्यालय खुला गरी सेवा दिने जनाएको छ । उक्त शाखा कार्यालयहरु बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला रहने बैंकको भनाई छ ।
आज सार्वजनिक बिदाको दिनमा पनि कृषि विकास बैंकले सेवा दिने
![](https://insurancekhabar.com/wp-content/uploads/2020/04/kirsibikash-bank.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)