काठमाडौं । माउन्टेन इनर्जी नेपालको लाभा.श सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश र साधारणसभा प्रयोजनार्थ कात्तिक १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज कात्तिक ९ गतेसम्म कायम शेयरधनीहरु यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।
कम्पनीले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल २१.०५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५२६३ प्रतिशत नगद लाभांश छन्।
प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले आउँदो कात्तिक २० गते १३ औँ वार्षिक साधारणसभा डाकेको छ। सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्।












