काठमाडौं । बाढीका कारण बन्द भएको माथिल्लो माछाखोला साना जलविद्युत आयोजना पुनः सञ्चालनमा आएको छ । गत असोज २५ गते बिहान बुढीगण्डकी नदीमा आएको भीषण बाढीले विकास हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा संचालित माथिल्लो माछाखोला साना जलविद्युत ४.५५ मेगावाट क्षमता आयोजनाको प्रसारण लाइनमा क्षति पुर्याएको थियो । सोही कारण बन्द भएको उक्त आयोजना पुनः संचालनमा आएको हो ।
प्रसारण लाइनको मर्मतसम्भार सम्पन्न भएपछि कात्तिक ८ गते बिहान ११ बजेर ८ मिनेटदेखि आयोजना पुनः सञ्चालनमा आएको कम्पनीले जनाएको छ। आयोजनाबाट विद्युत् उत्पादन तथा व्यावसायिक कारोबारसमेत सुरु भएको कम्पनीले जनाएको छ ।













