IME Life New

कहीँ नभएको सञ्चालक नेपाल लाइफमा, सञ्चालक पनि वरिष्ठ र कनिष्ठ हुन थाले

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालक समितिको सदस्यमध्येका कमलेशकुमार अग्रवाल नेपाल चेम्बर अफ कमर्सको अध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवाल नेपाल चेम्बर अफ कमर्सको अध्यक्ष पदमा निर्वाचित हुँदा नेपाल लाइफले सार्वजनिक सञ्जालमार्फत उनलाई बधाइ र कार्यकाल सफलताको शुभकामना दिएको छ।

बधाइ दिनुसम्म स्वाभाविकै भए पनि कम्पनी ऐनमै नभएको वरिष्ठ सञ्चालकको पगरी गुथाएर उनको प्रशंसामा नेपाल लाइफले बधाइ सन्देशसहितको विज्ञापन प्रकाशन गरेको छ। शायद यो अग्रवालप्रति नेपाल लाइफद्वारा गरिएको व्यंग्य पनि हो । कानुनी छिद्रको प्रयोग गर्दै अग्रवाल कहिले साधारण शेयरधनीको प्रतिनिधि, कहिले स्वतन्त्र सञ्चालक र कहिले संस्थापक शेयरधनीका आवरणमा नेपाल लाइफको सञ्चालक समितिमा डेढ दशकदेखि निरन्तर सहभागी भइरहेका छन् । नैतिकताका आधारमा उनी ४ वर्षभन्दा बढी अवधि सञ्चालक समितिमा रहनु उपयुक्त हुँदैन।

Esewa
Crest

स्मरण रहोस् बीमकको संस्थागत सुशासन निर्देशनको उल्लंघन गर्दै अग्रवाल नेपाल लाइफको सर्वाधिक संख्याको समितिमा संयोजक रहेर भत्ताबापत सञ्चालकहरुमध्ये सबैभन्दा बढी नगद कुम्ल्याउने व्यक्ति हुन्।

कम्पनी ऐन २०६३ को प्रावधानअनुसार पब्लिक लिमिटेड कम्पनीको सञ्चालनका लागि सञ्चालक समितिको गठन गरिएको हुन्छ। पब्लिक लिमिटेड कम्पनीमा सञ्चालक समितिमा संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्ने सञ्चालक, साधारण शेयरधनीको प्रतिनिधित्व गर्ने सञ्चालक र स्वतन्त्र सञ्चालकसमेत तीन थरीका सञ्चालक साधारणसभाले नियुक्त गरेको हुन्छ। यी सबै थरीलाई सञ्चालक समिति सदस्य वा सञ्चालकका रुपमा चिनिन्छ उमेरका आधारमा शेयर स्वामित्वका आधारमा वा वर्षौंदेखि कम्पनीको सञ्चालक समितिमा डेरा जमाएर बसेको आधारमा कोही वरिष्ठ वा कोही कनिष्ठ सञ्चालक कहलिँदैन।

कम्पनी ऐनको प्रावधानअनुसार पब्लिक कम्पनीमा कम्तीमा ३ जना र बढीमा ११ जना सञ्चालक रहने गरी सञ्चालक समितिको गठन गर्न सकिन्छ । महिला शेयरधनी रहेको पब्लिक कम्पनीको सञ्चालकमा कम्तीमा १ जना महिला सञ्चालक राख्नुपर्ने प्रावधान छ । सञ्चालक समितिमा ७ जनासम्म सञ्चालक भए कम्तीमा १ जना र ७ भन्दा बढी भए कम्तीमा २ जना स्वतन्त्र सञ्चालक राख्नुपर्ने प्रावधान छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

88%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS