IME Life New

जीवन बीमा एजेन्ट अब डिटिजल प्रविधिको प्रयोग गर्दै युवामाझ जान आवश्यक

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । स्मार्टफोन र सूचना प्रविधिमा तत्काल पहुँचको युगमा अब यो कुनै आश्चर्यको कुरा होइन कि सबैभन्दा परम्परागत उद्योगहरु पनि डिजिटल रुपान्तरणबाट गुज्रिरहेका छन्। पछिल्लो समय बीमा उद्योग पनि डिजिटलाइज हुँदै गइरहेका छन्। बीमा पोलिसी बेच्न कागजी प्रक्रिया र अभिकर्ताहरु पटक–पटक मानिसहरुकोमा धाउनुपर्ने बाध्यता हट्दै गइरहेको छ।

आज इन्स्योरटेक अर्थतन्त्रमा जोडिएको एउटा उदीयमान वर्गमा पर्छ। स्टार्टअपहरुले एड्भान्स उपकरण र प्रविधि– जस्तैः अर्टिफिसियल इन्टिलिजेन्स (एआई)देखि ठूला डाटा एनालिटिक्ससम्म व्यक्तिहरुले बीमा छनौट गर्ने र खरिद गर्ने तरिकालाई परिवर्तन गर्नका लागि यो डिजिटल रुपान्तरणको नेतृत्व गरिरहेका छन्।

Crest

ट्रान्सयुनियनको एउटा अध्ययन प्रतिवेदनअनुसार बीमा पोलिसी अनलाइनमार्फत किनमेल गर्नेहरुको अनुपात २०२२ र २०२३ को बीचमा २२ प्रतिशतबाट बढेर २७ प्रतिशत पुगेको छ। यही अवधिमा एजेन्टहरुमार्फत बिक्री हुने पोलिसीको संख्या ४२ प्रतिशतबाट घटेर ३५ प्रतिशतमा झरेको छ।

अध्ययन प्रतिवेदनअनुसार अनलाइनमार्फत जीवन बीमा पोलिसी खरिद गर्नेमा युवा संख्या बढी छन्। यसले युवाहरु विभिन्न अनलाइन माध्यमबाट पोलिसी गरिरहेको प्रस्ट हुन्छ।

अनुसन्धानको निष्कर्षमा युवा जमातको उपस्थिति अटो र स्वास्थ्य बीमामा उल्लेख्य रहेको उल्लेख छ। त्यस्ता ६० प्रतिशतभन्दा बढी युवाले अर्को १२ महिनाभित्र एक वा बढी बीमाका प्रकारहरु खरिद गर्ने योजना बनाएका छन्। आधाजसोको विशेष नजर भने जीवन बीमा रहेको अध्ययनले देखाएको छ।

डिजिटल प्लेटफर्महरुले जीवन बीमा परिदृश्यलाई रुपान्तरण गरिरहेको एउटा महत्वपूर्ण तरिका खरिद प्रक्रियाको सरलीकरण हो। वेबसाइट र मोबाइल एपहरुले सहज इन्टरफेसहरु प्रस्ताव गर्छन्। जसले प्रयोगकर्तालाई जटिल फारम र भ्रामक शब्दावलीको आवश्यकताबाट मुक्ति हुँदै गएको देखिन्छ।

यसबाहेक आफ्नो स्मार्टफोन वा कम्प्युटरमा केही क्लिक वा ट्यापका साथ सेवाग्राहीले धेरै बीमा प्रदायकहरु तुलना गर्न, विभिन्न पोलिसीहरुको मूल्यांकन गर्न र कभरेजका बारेमा उचित निर्णय गर्न सक्छन्।

उदाहरणका लागि डिजिटल बीमा कम्पनी लेमोनेड लिन सकिन्छ। यो कम्पनीले उमेर, स्वास्थ्य स्थिति र इच्छाएको कभरेज रकमजस्ता आधारभूत जानकारीहरु राखेका कारण प्रयोगकर्ताले केही सेकेन्डमै आफू अनुकूल बीमा अप्सन प्राप्त गर्न सक्छन्। कम्पनीले प्रयोगकर्तालाई व्यापक अनुसन्धान वा परामर्शको आवश्यकता बिना बीमा छनौट गर्न सक्ने सुविधा दिएको छ।

त्यसैले डिजिटल प्लेटफर्महरुले उपभोक्ताका लागि खरिदप्रक्रियालाई सुव्यवस्थित बनाएर जीवन बीमा उद्योगलाई पुनः आकार दिइरहेका छन्। यसका साथै एजेन्टहरुलाई एड्भान्स उपकरण र प्रविधिबाट थप समक्ष बनाउँदै लगेको छ। अब एजेन्टहरुले डिटिजल प्रविधिको गर्दै युवामाझ जान आवश्यक रहेको प्रतिवेदनले देखाएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS