IME Life New

बीमा कम्पनीले दाबी भुक्तानी दिएनन्, हैरानी भयो ? तत्कालै प्राधिकरणमा गुनासो गर्नुहोस्

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सबै कागजपत्र दिई सक्दा पनि अनेक बहानाबाजी गरेर बीमा कम्पनीहरुले दाबी भुक्तानी नदिएकाले सास्ती भोग्नु परिरहेको छ ? बीमालेखको धितोमा कर्जा माग्दा पाइएन ? बीमालेख समर्पणका लागि आवेदन दिएको २४ घण्टा बितिसक्दा पनि तपाईको खातामा रकम प्राप्त भएको छैन ?

बीमाशुल्क भुक्तानी गर्नुभयाे तर तपाईको मोबाइल र इमेलमा म्यासेज आएन ? बीमालेख कर्जाको साँवा र ब्याज भुक्तानीका लागि नियमित सूचना नै नदिएर बीमा कम्पनीले तपाईको बीमालेख जफत गरिदिएको छ ? तपाईले बीमालेख धितोमा लिएको कर्जाको रकमभन्दा बढी रकम तपाईको नाममा कर्जा देखिएको छ? कर्जा लिंदाको समयभन्दा ब्याज दर बढेको छ?

Esewa
Crest

अभिकर्ताले तपाईसँग बीमाशुल्कको पैसा लिएर पनि तपाईलाई बीमालेख वा नविकरण रसिद दिएको छैन ? बीमाशुल्क भुक्तानी गर्न बीमा कम्पनीको कार्यालय पुग्दा कार्यालयमा कर्मचारी भेट्नु भएन ? वा पूर्व सूचना बिना नै बीमा कम्पनीको कार्यालय बन्द गरिएको छ?

यी र यस्ता थुप्रै समस्या र गुनासाबाट जीवन वा निर्जीवन बीमा कम्पनीका बीमित पीडित प्रभावित भएका हुनसक्छन् । ती समस्याहरुको सम्बोधनका लागि बीमा नियामक नेपाल बीमा प्राधिकरणले गुनासो सुनुवाई डेस्कको स्थापना गरेको छ। बीमा प्राधिकरणको आधिकारिक वेबसाइटमार्फत् समेत बीमित वा पीडितले कानूनी उपचारका लागि प्राधिकरणमा अनलाइनमाध्यमबाट निवेदन वा उजुरी दर्ता गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

63%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

13%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS