IME Life New

नेपाल लाइफको बीमा कोषको वृद्धिदर निरन्तर खुम्चिंदा बोनस दरमा खराब असर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको गुणस्तरिय व्यापार खस्कि‌ंदै गएसँगै यसको जीवन बीमा कोषको वृद्धि दर पनि उल्लेख्यरुपमा ओरालो लाग्दै गएको छ। यही जीवन बीमा कोषको लगानीबाट प्राप्त प्रतिफलबाट वितरण गर्दै आएको बोनस  दरलाई मार्केटिङको एक मात्र अस्त्रका रुपमा प्रयोग गर्दै आएको नेपाल लाइफका लागि बोनस  दर खस्किएसँगै अब यो गल पासो बन्न थालेको छ।

नेपाल लाइफले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार आव २०७९/८० को बीमा कोष १ खर्ब ६३ अर्ब ८२ करोड पुगेको छ। आव २०७८/७९ र २०७९/८० को बीचमा नेपाल लाइफको जीवन बीमा कोष जम्मा ११.४७ प्रतिशतले वृद्धि भएको छ। आव २०७८/७९ मा जीवन बीमा कोषमा भएको वृद्धिको तुलनामा बीमा कोषको वृद्धि १३.३ प्रतिशतले खुम्चियो । यो संकुचन दर हालसम्मकै उच्च रहेको छ।

Esewa
Crest

नेपाल लाइफले प्रकाशन गरेको वित्तीय विवरणहरुको विश्लेषण गर्दा आर्थिक वर्ष २०७६/७७ मा जीवन बीमा कोषको वृद्धि ३२.१५ प्रतिशत रहेकोमा आव २०७९/८० मा आइपुग्दा ११.४७ प्रतिशतमा सीमित हुन पुगेको छ।

प्रकाशित वित्तीय विवरण अनुसार आव आ.व.२०७५/७६ मा जीवन बीमा कोष ६४ अर्ब ८३ करोड ३४ लाख रुपैयाँ रहेको थियो । आ.व. २०७६/७७ मा यो रकम बढेर ८५ अर्ब ६७ करोड ८० लाख रुपैयाँ पुग्यो । आ.व. २०७६/७७ मा जीवन बीमा कोषमा ३२.१५% को वृद्धिदर रहेको थियो । आव २०७७/७८ मा बीमा कोषमा जम्मा भएको रकम १ खर्ब रुपैयाँ नाघेर १ खर्ब ९ अर्ब ६३ करोड १५ लाख रुपैयाँ पुगेको थियो । आव २०७६/७७ को तुलनामा आव २०७७/७८ मा बीमा कोषमा २७.९५ प्रतिशत वृद्धि दर रह्यो ।  आव २०७६/७७ को तुलनामा २०७७/७८ मा वृद्धि दरमा ४‍.२ प्रतिशतले गिरावट दर्ज भयो ।

यसैगरी आव २०७८/७९ को अन्त्यमा आइपुग्दा बीमा कोषमा १ खर्ब ३६ अर्ब ७९ करोड पुग्यो । आव २०७७/७८ र २०७८/७९ मा बीमा कोषको वृद्धि २४‍‍.७७ प्रतिशत रहेको थियो । आव २०७७/७८ को तुलनामा आव २०७८/७९ मा बीमा कोषको वृद्धि दर ३.८ प्रतिशतले घटेको थियो ।

जीवन बीमा कम्पनीहरुले लामो समय अवधिका लागि सावधिक जीवन बीमालेखहरु बिक्री गर्दा बीमितबाट प्राप्त भएको रकमलाई बीमा कोषमा जम्मा गरेर निश्चित प्रतिफल प्राप्त हुने सुरक्षित लगानी गरेका हुन्छन् । यस्तो लगानीबाट प्राप्त हुने प्रतिफलको ९० प्रतिशत हिस्सा पुनः बीमा कोषमा नै जम्मा गरेर बीमितलाई बोनशका रुपमा वितरण गर्ने प्रबन्ध मिलाईएको हुन्छ। जीवन बीमा कोषको आकार खुम्चिंदै जाँदा कम्पनीले प्राप्त गर्ने प्रतिफल पनि त्यही अनुपातमा क्रमशः खुम्चिंदै जान्छ।

कम्पनीको सञ्चालक समिति अध्यक्ष गोविन्द संघाईको भनाईमा संचित जीवन बीमा कोष त्यो कम्पनीको आर्थिक आकारको सूचकांक मानिन्छ। उनले यसो भनिरहँदा उनले लगातार दुई दशकभन्दा लामो समयदेखि नेतृत्व गरि रहेको नेपाल लाइफ इन्स्योरेन्सको बीमा कोषको वृद्धि दर क्रमशः ओरालो लाग्दै गएको अवस्थाले कस्तो संकेत गर्छ ? अब आउने वार्षिक साधारण सभामा उनले अध्यक्षीय मन्तव्यबाट प्रष्ट्याउने नै छन् होला  ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

83%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS