IME Life New

यी हुन् एशियन लाइफका १० ठूला शेयरधनी, कसको स्वामित्व कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमकमध्ये एक हो। यो कम्पनीको अध्यक्षमा दिपककुमार श्रेष्ठ छन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिनेशलाल श्रेष्ठ छन्।

काठमाडौंको मैतीदेवीमा कर्पोरेट कार्यालय रहेको कम्पनीले हालसम्म १४० वटा शाखा/उपशाखाबाट ६ लाख ५९ हजार ६४७ जना बीमकलाई बीमा सुविधा दिइरहेको छ। २०६४ साल फागुन १५ गते स्थानपना भएको एशियन लाइफ २०६४ चैत २१ गतेबाट सञ्चालनमा आएको हो। कम्पनीमा ६० प्रतिशत संस्थापक र ४० प्रतिशत सर्वसाधारणको शेयर स्वामित्व रहेको छ।

Esewa
Crest

आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनअनुसार एशियन लाइफमा १ प्रतिशतभन्दा माथि शेयर स्वामित्व रहेका १० जना शेयरधनी छन्। कम्पनीमा सबैभन्दा धेरै शेयर स्वामित्व शक्तिकुमार गोल्यानको रहेको छ। गोल्यानसँग यो कम्पनीको ६.२४ प्रतिशत शेयर स्वामित्व रहेको छ। जसअनुसार उनीसँग १९ लाख ६९ हजार ४०८ कित्ता शेयर रहेको छ।

यसैगरी दोस्रो ठूलो शेयरधनीमा रुक्मिनी बस्नेत छिन्। उनीसँग कम्पनीको ५.४२ प्रतिशत (१४ लाख ४६ हजार ८२४ कित्ता) शेयर स्वामित्व रहेको छ।

एशियन लाइफमा तेस्रो ठूलो शेयर स्वामित्व राजेशलाल श्रेष्ठको रहेको छ। उनीसँग कम्पनीको ४.४१ प्रतिशत (१३ लाख ९० हजार ३६० कित्ता) शेयर स्वामित्व रहेको छ।

यसैगरी कम्पनीमा रत्नादेवी श्रेष्ठसँग २.५९ प्रतिशत (८ लाख १७ हजार ८१५ कित्ता), गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको २.५१ प्रतिशत (७ लाख ९० हजार ७५८ कित्ता), रोहित गुप्ताको २.४१ प्रतिशत (७ लाख ५९ हजार ३५९ कित्ता), दीनानाथ खान्देवालाको २.३४ प्रतिशत (७ लाख ३९ हजार ८४६ कित्ता), वृषबहादुर बस्नेतको १.८६ प्रतिशत (५ लाख ८५ हजार ३०९ कित्ता), अञ्जली सरावगीको १.६० प्रतिशत (५ लाख ३ हजार ४६९ कित्ता) र सवितादेवी रुंगटाको १.२७ प्रतिशत (४ लाख १ हजार ११६ कित्ता) शेयर स्वामित्व रहेको छ।

सञ्चालकसँग कति छ शेयर ?

अध्यक्ष दिपककुमार श्रेष्ठसँग कम्पनीको १ लाख ४७ हजार ९७५ कित्ता शेयर रहेको छ। सञ्चालकहरु सुशान्त चाचानसँग १ लाख १० हजार ९८५ कित्ता, सुरेन्द्रकुमार गोयलसँग १ लाख ८४ हजार ९७२ कित्ता, निष्ठान प्रधानाङ्गसँग ६६ हजार ५५२ कित्ता, सजल मास्केसँग १ हजार ५४५ कित्ता र शौरभ रुंगटासँग ३ हजार ३३९ कित्ता शेयर रहेको छ। कम्पनीको सञ्चालक समितिमा गोयल प्रथम इन्भेस्टमेन्ट र प्रधानाङ्गा गिन्नी इन्भेस्टमेन्टबाट प्रतिनिधित्व गर्छन्। सञ्चालक समितिमा सर्वसाधारणबाट मास्के र रुंगटाले प्रतिनिधित्व गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS