IME Life New

बीमकहरुले शेयरमा गरे करिब साढे १४ अर्ब लगानी, केमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुले करिब साढे १४ अर्ब रुपैयाँ विभिन्न कम्पनीको शेयरमा लगानी गरेको पाइएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको तथ्यांकले यस्तो देखाएको हो।

प्राधिकरणको तथ्यांकअनुसार जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीहरुले दोस्रो त्रैमाससम्म कुल १४ अर्ब ४३ करोड २६ लाख रुपैयाँ विभिन्न कम्पनीको शेयरमा लगानी गरेका छन्। जसअनुसार शेयरमा लगानी जीवन बीमाहरुको मात्रै ११ अर्ब ५८ करोड ४६ लाख रुपैयाँ रहेको छ। त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ८३ लाख रुपैयाँ र पुनर्बीमा कम्पनीहरुले ८३ करोड ९७ लाख रुपैयाँ विभिन्न शेयरमा लगानी गरेका छन्।

Esewa
Crest

जीवन बीमा कम्पनीहरुले इन्भेस्टमेन्ट कम्पनीहरुको शेयरमा ३१ करोड १५ लाख रुपैयाँ र अन्य संस्थापक शेयरमा ११ अर्ब १८ करोड ६ लाख रुपैयाँ लगानी गरेका छन्। जीवन बीमकहरुले सूचीकृत नभएका अन्य पब्लिक कम्पनीहरुको शेयरमा ९ करोड २४ लाख रुपैयाँ लगानी गरेका छन्।

यसैगरी निर्जीवन बीमा कम्पनीहरुले अन्य संस्थापक शेयरमा १ अर्ब ९९ करोड ८७ लाख रुपैयाँ र सूचीकृत नभएका अन्य पब्लिक कम्पनीहरुको शेयरमा ९५ लाख ६० हजार रुपैयाँ लगानी गरेका छन्। निर्जीवन बीमकहरु इन्भेस्टमेन्ट कम्पनीहरुको शेयरमा भने लगानी गरेका छैनन्।

पुनर्बीमा कम्पनीहरुले भने अन्य संस्थापक शेयरमा ३३ करोड २४ लाख रुपैयाँ ४८ हजार रुपैयाँ र सूचीकृत नभएका अन्य पब्लिक कम्पनीहरुको शेयरमा ५० करोड ७२ लाख ८० हजार रुपैयाँ लगानी गरेका छन्।

हाल नेपालमा १४ वटा जीवन बीमा, १४ वटा निर्जीवन बीमा र २ वटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS