IME Life New

यी हुन् १०% माथि बजार हिस्सा भएका ४ जीवन बीमा कम्पनी, अरुको कति ? (इन्फोग्राफिकसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को माघसम्म अर्थात् ७ महिनामा नेपालमा सञ्चालित १४ जीवन बीमा कम्पनीले ८६ अर्ब ८८ करोडको व्यापार (कुल बीमाशुल्क आर्जन) गरेका छन्।

ती कम्पनीमध्ये माघसम्म नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक कुल बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले २३ अर्ब २० करोड कुल बीमाशुल्क आर्जन गरेको हो। १४ जीवन बीमा कम्पनीमा नेपाल लाइफको बजार हिस्सा २६.७१ प्रतिशत रहेको छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले सर्वाधिक कुल बीमाशुल्क आर्जन गरेको छ। यो कम्पनीले १० अर्ब १४ करोड कुल बीमाशुल्क आर्जन गरेको छ। एलआईसी नेपालको बजार हिस्सा ११.६८ प्रतिशत रहेको छ।

तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्सले १० अर्ब ५ करोड कुल बीमाशुल्क आर्जन गरेको छ। यो कम्पनीको बजार हिस्सा ११.५७ प्रतिशत रहेको छ।

१४ कम्पनीमध्ये सबैभन्दा कम सन नेपाल लाइफ इन्स्योरेन्सले कुल बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले २ करोड १२ करोड कुल बीमाशुल्क आर्जन गरेको छ। कम्पनीको बजार हिस्सा २.४४ प्रतिशत रहेको छ।

 

तथ्यांक श्रोत : नेपाल बीमा प्राधिकरण

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS