IME Life New
GBIME

नेशनल मेडिकलको सम्पत्तीलाई लिएर दाजुभाइमा लफडा, एमडिबाट बसरूद्दिन हटाइए

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वीरगन्जको नेशनल मेडिकल कलेजका सञ्चालकहरु बीच मतभेदसँगै दुई बेग्ला बेग्लै समूहले आफूलाई कलेजको सञ्चालक समिति अध्यक्ष दाबी गरेको छ। कलेजका संस्थापक अध्यक्ष डा‍. जैनुद्दिन अन्सारीले कलेजमा आफ्नो अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरिएको घोषणा गरेका बेला अस्पतालको प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीले आफूलाई सञ्चालक समिति अध्यक्ष दाबी गरेका छन् ।

बसरुद्दिन अन्सारी डा. जैनुद्दिनका भाई हुन् । मेडिकल कलेजको सम्पत्ती र व्यवस्थापनलाई लिएर दुबै दाजुभाईबीच मतभेद चर्किएसँगै अस्पतालको सञ्चालक समितिमा एक अर्को पक्षले समानान्तररुपमा दाबी गरिरहेको छ। अध्यक्ष जैनुद्दिनले प्रेस विज्ञप्ती जारी गर्दै नेशनल मेडिकल कलेज प्रालि वीरगन्जको शेयर स्वामित्वमध्ये १० प्रतिशत बसरुद्दिनको र बाँकी आफ्नो नाममा रहेकोमा २०८० साउन २६ गतेदेखि आफूसँग ४५ प्रतिशत, नयाँ शेयरधनीहरू शाहनवाज अन्सारीको १५ प्रतिशत, नुसरत जहाँ अन्सारीको निकहत यामसिन र इशर्त जहानको १० १० प्रतिशत शेयर स्वामित्व कायम गरिएको जानकारी दिएका छन् । साथै बाँकी १० प्रतिशत बसरुद्दिन अन्सारीकै नाममा कायम रहेको जानकारी गराएका छन् ।

Crest

डा. जैनुद्दिनले अस्पतालको प्रबन्ध सञ्चालकमा बसरुद्दिनको ठाउँमा  डा. शाहनवाज अन्सारीलाई नियुक्त गरिएको जानकारी दिएका छन् । उनले नेशनल मेडिकल कलेज प्रालिको साधारण सभाले फागुन ४ गतेदेखि लागू हुने गरी जैनुद्दिन अन्सारी अध्यक्ष,डा. शाहनवाज अन्सारी प्रबन्ध सञ्चालक र नुसरत जहाँ अन्सारी सञ्चालक रहेको तीन सदस्यीय सञ्चालक समितिको गठन गरेको जानकारी समेत दिएका छन् ।

नेशनल मेडिकल कलेज शिक्षण अस्पताल प्रालि ले दुई वर्ष अघि मात्र जोरपाटीस्थित नेपाल मेडिकल कलेज लिमिटेडको बहुमत शेयर स्वामित्व खरिद गरेर व्यवस्थापन आफ्नो हातमा लिएको थियो । डा‍. जैनुद्दिन अन्सारी गत पौष महिनादेखि यो शिक्षण अस्पतालको समेत सञ्चालक समितिबाट प्रबन्ध निर्देशक पदमा चयन भएका थिए।

डा. अन्सारी प्रबन्ध निर्देशक पदमा नियुक्त हुनु अघि उनका भाइ बसरूद्दिन अन्सारीले नै नेपाल मेडिकल कलेजको व्यवस्थापन सम्हाल्दै आएका थिए ।

बीस बिघा भन्दा बढी क्षेत्रफलमा फैलिएको वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भेडियाहीमा अवस्थित नेशनल मेडिकल कलेजको सम्पत्तीको मूल्यांकन ६ अर्ब रुपैयाँभन्दा बढी छ। यसबाहेक जोरपाटीस्थित नेपाल मेडिकल कलेजको बहुमत शेयर अन्सारी परिवारले झण्डै २ अर्ब रुपैयाँमा खरिद गरेको थियो ।

नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा प्रा. डा. अन्सारी नियुक्त

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS