IME Life
Beema Board

नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा प्रा. डा. अन्सारी नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको प्रबन्ध निर्देशकमा प्रा.डा. जैनुद्दिन अन्सारी नियुक्त भएका छन् । कलेजको बोर्ड अफ डाइरेक्टरहरुको सामुहिक निर्णय अनुसार प्रबन्ध निर्देशकमा प्रा.डा.अन्सारीलाई नियुक्त गरिएको हो । बिरगञ्जको नेशनल मेडिकल कलेजका अध्यक्ष समेत रहेका डा. अन्सारी नेपाल मेडिकल कलेजका समेत सञ्चालक सदस्य हुन् ।

नवनियुक्त प्रबन्ध निर्देशक प्रा.डा. अन्सारीले पदभार ग्रहण गर्दै नेपाल मेडिकल कलेजलाई नयाँ उचाईमा लैजाने बताउँदै त्यसका लागि सबैले आ–आफ्नो पदीय दायित्व अनुसार कर्तव्य पुरा गर्नुपर्ने बताए । कलेजमा रहेका समस्या र चुनौतिहरुलाई सामुहिक एकताबाट हल गर्दै स्वास्थ्य सेवा र मेडिकल शिक्षाको विकास, विस्तारमा आफु २४ सै घण्टा लागिपर्ने बताउँदै कलेजको स्तरवृद्धिमा सबैको सकारात्मक पहल र भूमिका खेल्न आग्रह गरे ।

Prabhu
Crest

‘जो जहाँ हुनुहुन्छ उहाँहरुले आ–आफ्नो भूमिका सकारात्मक रुपमा निर्वाह गरौं । मेरो कार्यालयको ढोका सबैको लागि खुल्ला छ । नेपाल मेडिकल कलेजलाई नयाँ उचाईमा पुर्याउन यहाँहरुको महत्वपूर्ण भूमिका रहनेछ । तपाईहरुको सहयोग भयो भने यो कलेज राम्ररी अगाडी बढ्दै जानेछ ।’ डा. अन्सारीले भने । नेपालको मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रको विकास, विस्तारमा नेपाल मेडिकल कलेजको महत्वपूर्ण योगदान रहेको जनाउँदै अन्सारीले शिक्षक, कर्मचारी, विभागीय प्रमुख र विद्यार्थीहरुसँग निरन्तर छलफल, अन्तरक्रिया गरेर सामुहिकतामा आफु अगाडी बढ्ने जनाए ।

ब्यवस्थापन र कर्मचारीहरुको सामुहिक कार्यगत एकताका कारण नै नीजि क्षेत्रका संस्थाहरु सफल भएको बताउँदै उनले कलेजका कर्मचारी र फ्याकल्टीहरुसँग ब्यवस्थापन पक्ष सदैव सहकार्य गर्न तत्पर रहेको बताए ।

कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष डा‍. भोला रिजालले कुशल शल्य चिकित्सकसमेत रहेका अन्सारीलाई कलेजको प्रबन्ध निर्देशकमा स्वागत गर्दै विरगञ्जमा सफल रुपमा मेडिकल कलेज सञ्चालन गरेको अनुभव भएकोले त्यो अनुभवले नेपाल मेडिकल कलेजको विकासमा योगदान पुग्नेमा विस्वास गरे ।

यस्तै, कलेज सञ्चालक समितिका सञ्चालक डा‍. आनन्द प्रसाद श्रेष्ठले प्रशासनीक रुपमा लामो अनुभव संगालेका डा‍. अन्सारीले कलेजलाई नयाँ उचाईमा पुर्याउन सक्ने बताउँदै कलेजको अनुहार उज्यालो बनाउने वित्तिकै कलेजमा कार्यरत सबै कर्मचारी, फ्याकल्टीहरुको अनुहार उज्यालो हुने बताए । कलेजमा कार्यरत कसैलाई काखा कसैलाई पाखा नगरी एकसाथ लिएर अगाडी बढे सबैले साथ दिने बताए ।

नवनियुक्त प्रबन्ध निर्देशक डा‍. अन्सारीलाई शुक्रबार कलेजका अध्यक्ष डा. भोला रिजाल, बोर्ड अफ डाइरेक्टरहरू डा‍. आनन्दप्रसाद श्रेष्ठ, डा‍. साविहा यासमिन, सहजबाज अन्सारी, प्रिन्सिपल प्रा. डा. प्रमोदकुमार क्षेत्री, भाइस–प्रिन्सिपल डा. सृष्टि श्रेष्ठ, अस्पताल निर्देशकद्वय डा‍. राजेश किशोर श्रेष्ठ, प्रा डा‍. मोदनाथ मरहट्ठा, प्रमुख प्रशासकीय अधिकृत ज्योति खड्का लगायतले स्वागत गरे । कार्यक्रममा संघीय सांसदद्वय अच्युत प्रसाद मैनाली, प्रभू हजराले समेत शुभकामना दिएका थिए ।

यस्तो छ डा. जैनुद्दिन अन्सारीको पृष्ठभूमीः

वीरगञ्ज नजिकैको पर्साैनी(पर्सा) स्थित सामान्य किसान परिवारमा जन्मिएका डा‍. अन्सारी ३० वर्ष भन्दा लामो समयदेखि स्वास्थ्य सेवामा सकृय छन् । उनले आफ्नो व्यवसायीक जीवनको शुरुवाती चरणमै वीरगञ्जको पानीटंकी स्थित निवासमा १० बेडको वीरगञ्जन नर्सिङ होम नामक क्लिनिक सञ्चालनमा ल्याएका थिए । पाकिस्तानबाट चिकित्सा शास्त्रको अध्ययन पुरा गरेका उनी नर्सिङ होमसँगै सरकारी अस्पताल नारायणी उपक्षेत्रिय अस्पतालमा पनि शल्य चिकित्सकको रुपमा कार्यरत थिए । उनको नर्सिङ होम विशेषगरी हाडजोर्नीका बिरामीको उपचारका लागि चिनिएको थियो । त्यसपछि उनले मुश्लिम रिलिफ सोसाइटीको ब्यानर अघि सारेर शिक्षण अस्पताल सञ्चालनका लागि त्रिभूवन विश्वविद्यालयबाट लेटर अफ इन्टेण्ड हात पारे । यो आशय पत्र हात पार्दा सम्म जैनुद्दिन अंसारी अस्पतालको सञ्चालक सदस्य र अध्यक्ष शेष नसिम अख्तर थिए । अन्सारीले अनेक हथकण्डा अपनाउँदै अस्पताललाई सामुदायीकबाट प्रालिमा रुपान्तरण गर्दै पूर्व नगरप्रमुख विमल श्रीवास्तवको होटल बाबा इण्टरनेशनल लिजमा लिएर त्यहाँ शिक्षण अस्पतालको कक्षा सञ्चालन गरे। नेशनल मेडिकल कलेजको कक्षा सञ्चालनमा ल्याए। शुरुवातमा सामुदायीक शिक्षण अस्पतालको अवधारणामा नेशनल मेडिकल कलेजको जन्म भएपनि पछि डा‍. अन्सारीले त्यसलाई प्रालि कम्पनीका रुपमा दर्ता गराए । बाबा होटलको भवन पूर्वाधारमा अध्यापन कार्य हुँदै गर्दा उनले वीरगञ्ज १८ भिस्वामा जग्गा खरिद गरेर शिक्षण अस्पतालको लागि आफ्नै भवन निर्माण शुरु गरे ।

उनको शिक्षण कलेज भारतीय विद्यार्थीलाई लक्षित गरेर सञ्चालनमा ल्याएका थिए । उनको शिक्षण अस्पताल अहिले २० बिगा जग्गा भन्दा धेरै क्षेत्रफलमा फैलिएको छ। शिक्षण अस्पताल परिसरमा प्रवेश गर्दा त्यहाँको भौतिक पूर्वाधारको अवस्था देख्दा देशकै सबैभन्दा पूर्वाधार सम्पन्न अस्पताल जस्तो देखिन्छ। हरियाली सहितको रमणीय वातावरणले बिरामीमा सकारात्मक सन्देश सञ्चार गर्छ। तर विशेषज्ञ र अनुभवी चिकित्सकको अभावमा यो अस्पताले आफ्नो भौतिक सुन्दरताको तुलनामा स्वास्थ्य उपचार सेवाको हकमा बिरामीको मन जित्न सकेको छैन । वीरगञ्जमा बिरामीको उपचारका लागि नारायणी उपक्षेत्रिय अस्पताल पहिलो प्राथमिकता र दोश्रोमा वीरगञ्ज हेल्थ केयर पर्ने गरेको छ। यी दुबै अस्पतालमा उपचार, चिकित्सक र शैय्या उपलब्ध नभएको अवस्थामा मात्र स्थानीय बिरामी नेशनल मेडिकल कलेजमा उपचारका लागि जान बाध्य हुन्छन् ।

शिक्षण अस्पताल बिरामीको सेवाका लागि भन्दा पनि भारतीय विद्यार्थीका लागि लक्षित गरेर सञ्चालन गरिएकाले चिकित्सा उपचारको क्षेत्रमा भरतपुरका अस्पतालहरु जतिको पनि लोकप्रियता हासिल गर्न सकेको छैन ।

काठमाडौंमा समेत शिक्षण अस्पताल सञ्चालन गर्ने हुटहुटी उनीमा पहिलेदेखि नै रहेको थियो ।त्यसकै लागि उनले १५ वर्ष अघि नै अनामनगर घट्टेकुलोमा हाउजिङ कम्पनीबाट बहुतल्ले भवन खरिद गरेर पछि त्यसलाई नेपाल नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको नाम दिएका थिए । यो भवनलाई हाल अन्सारी परिवारले काठमाडौं केन्द्रित आवास र कार्यालयको रुपमा प्रयोग गरि रहेको छ।  डा. गोविन्द केसीको सत्याग्रह आन्दोलनका कारण मेडिकल कलेज सञ्चालनको इजाजत प्राप्त गर्न स‌ंभव नभएपछि उनले जोरपाटीको नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको बहुस‌ंख्यक शेयर खरिद गरे आफ्नो लक्ष्य पुरा गरेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS