IME Life New

नेशनल लाइफ ३७ औँ वर्षमा प्रवेश, अझ सबल र गुणस्तरीय सेवा प्रदान गर्ने दृढ संकल्प

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी ३७ औँ वर्षमा प्रवेश गरेको छ। कम्पनीले आजभन्दा ३७ वर्ष अगाडि अर्थात २०४४ फागुन १० गतेदेखि बीमा व्यवसाय शुभारम्भ गरेको थियो। सुरुमा जीवन र निर्जीवन दुवै प्रकृतिको व्यवसाय गरेको नेशनल लाइफले २०६१ सालदेखि जीवन बीमा व्यवसायमात्रै गर्दै आइरहेको छ।

कम्पनीले स्थापनाकालदेखि २०८० पुस मसान्तसम्ममा कुल ९३ अर्ब ५० करोड रुपैयाँ बढी बीमाशुल्क आर्जन गरिसकेको छ। यस अवधिमा कम्पनीले ५४ लाख ५० हजार बढी बीमालेखा जारी रहेको छ। कम्पनीले हालसम्म ३३ अर्ब ३० करोड रुपैयाँ बढी दाबी भुक्तानी गरिसकेको छ।

Esewa
Crest

कम्पनीमा नेपाली संस्थापकको ४५.४३ प्रतिशत लगानी रहेको छ भने विदेशी लगानीकर्ताको १.११ प्रतिशत लगानी छ। विदेशी लगानीकर्ताले १० प्रतिशतको लगानीलाई १.११ प्रतिशतमा झारेको हो। राष्ट्रिय बाणिज्य बैंकको पनि ८.४६ प्रतिशत शेयर हिस्सा रहेको छ। सर्वसाधारण समुहको शेयर हिस्सा ४५ प्रतिशत छ।

कम्पनीले देशभर विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउँदैछ। कम्पनीले वार्षिकोत्सवको अवसरमा कम्पनीप्रति विश्वासका साथ सहकार्य गर्ने सम्पूर्ण ग्राहक, कर्मचारी, अभिकर्ता एवं शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ। यसका साथै, नियामक निकाय लगायत अन्य सम्बन्धित संस्थाहरुबाट प्राप्त मार्गदर्शन र सहयोगका लागि कृतज्ञता पनि व्यक्त गरेको छ।

जीवन बीमा क्षेत्रमा आफ्नो छुट्टै ब्रान्ड बनाउन सफल नेशनल लाइफले अहिलेसम्मको छापलाई निरन्तरता दिँदै अझै प्रविधिमैत्री बनाउदै लैजाने योजना बनाएको प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले बताए। ‘बीमितलाई उत्कृष्ठ सेवासुविधा दिने कम्पनीको कार्ययोजना रहेको छ’, उनले भने।

समग्र जीवन जीवन बीमा क्षेत्रमा मन्दी आउदा नेशनल लाइफले जीवन बीमा व्यवसायमा उल्लेख्य प्रगति गरिरहेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको चुक्तापुँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको छ। कम्पनीको जीवन बीमा कोषमा ६५ अर्ब ७८ करोड रुपैयाँ जम्मा भइसकेको छ। चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीले ८ अर्ब ३८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले अझ सबल एवं गुणस्तरीय सेवा प्रदान गर्ने दृढ संकल्प गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS