IME Life New

१० सूचकमा एलआईसी, नेशनल र नेपाल लाइफलाई दाँजेर हेर्दाः कुनमा को अब्बल ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ, नेशनल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) व्यवसाय र स्थापनाको हिसाबले नेपालका ठूला र पुराना जीवन बीमा कम्पनीमा पर्छन्। यी कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययनः

Esewa
Crest

चुक्तापुँजीः कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्ष ८०/८१को दोस्रो त्रैमासको वित्तीय विवरणको आधारमा नेपाल लाइफको चुक्तापुँजी ८ अर्ब २० करोड रहेको छ भने नेशनल लाइफको चुक्तापुँजी ५ अर्ब १ करोड रहेको छ। त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को चुक्तापुँजी २ अर्ब ६५ करोड रहेको छ। नेपाल लाइफ र नेशनल लाइफको चुक्तापुँजी नियमकीय प्रावधानअनुसार ५ अर्ब पुगिसकेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले हकप्रद निस्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।

रिटेन्ड अर्निङः नेपाल लाइफको रिटेन्ड अर्निङमा १ अर्ब ३ करोड १७ लाख रहेको छ भने नेशनल लाइफको रिटेन्ड अर्निङमा ६० करोड १८ लाख रहेको छ। त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को रिटेन्ड अर्निङमा २ अर्ब ७ करोड ५२ लाख रहेको छ।

अन्य इक्विटीः नेपाल लाइफको अन्य इक्विटीमा १७ करोड ४७ लाख रहेको छ भने नेशनल लाइफको अन्य इक्विटीमा ४८ करोड ८३ लाख रहेको छ। त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को अन्य इक्विटीमा ६३ करोड ८७ लाख रहेको छ।

जीवन बीमा कोषः जीवन बीमा कम्पनीहरुको लागि जीवन बीमाकोषको निकै महत्व रहेकोमा नेपाल लाइफको जीवन बीमा कोषमा १ खर्ब ८३ अर्ब ६५ करोड रहेको छ भने नेशनल लाइफको जीवन बीमाकोषमा ७१ अर्ब ४४ करोड रहेको छ। त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को जीवन बीमा कोषमा १ खर्ब १३ अर्ब ८० करोड रहेको छ।

कुल बीमाशुल्क आर्जनः नेपाल लाइफले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २० अर्ब कुल बीमाशुल्क आर्जन गरेको छ भने नेशनल लाइफले ८ अर्ब ५६ करोड कुल बीमाशुल्क आर्जन गरेको छ। त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले ८ अर्ब ६६ करोड कुल बीमाशुल्क आर्जन गरेको छ।

खुद बीमा बीमाशुल्क आर्जनः नेपाल लाइफले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १९ अर्ब ७१ करोड खुद बीमाशुल्क आर्जन गरेको छ भने नेशनल लाइफले ८ अर्ब ३८ करोड खुद बीमाशुल्क आर्जन गरेको छ। त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले ८ अर्ब ६२ करोड खुद बीमाशुल्क आर्जन गरेको छ।

अभिकर्ता कमिसनः चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नेपाल लाइफले १ अर्ब ४९ करोड २२ लाख अभिकर्ता कमिसनमा खर्च गरेको छ भने नेशनल लाइफको ७६ करोड ७४ लाख रहेको छ। त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को ६६ करोड ९ लाख रहेको छ।

खुद नाफाः दोस्रो त्रैमाससम्म नेपाल लाइफले ४२ करोड ७७ लाख खुद मुनाफा गरेकोमा नेशनल लाइफले २५ करोड ५१ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले १३ करोड ६६ लाख रुपैयाँ खुद मुनाफा गरेको छ।

प्रतिशेयर आम्दानीः नेपाल लाइफको वार्षिक प्रतिशेयर आम्दानी १०.४२ रुपैयाँ छ भने नेशनल लाइफको १०.१८ रुपैयाँ छ। त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को १०.३० रुपैयाँ छ।

प्रतिशेयर नेटवर्थः नेपाल लाइफको प्रतिशेयर नेट्वर्थ १२८.०१ रुपैयाँ छ भने नेशनल लाइफको १३२.२१ रुपैयाँ छ। त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को २२४.३७ रुपैयाँ छ।

‘उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो यो विश्लेषण पूर्ण होइन। लगानीकर्ताले कारोबारको निर्णय लिनुअघि थप अनुसन्धान गर्नुपर्ने छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS