Connect IPS
IME Life

सरकारको अलमलले बीमा नियमावली तत्काल आउने संभावना छैनः ओली

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति सदस्य कपिल देव ओलीले सत्तारुढ गठबन्धनको अलमलले तत्कालै बीमा नियमावली स्वीकृत हुने अवस्था नभएको बताएका छन् । पेशागत अभिकर्ता संघ नेपाल बीमक समिति एलआइसी नेपालको अधिवेशनको शनिबार उद्घाटन शत्रलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

नियमावलीलाई लिएर गठबन्धन घटकहरुबीच तालमेल हुन सकेको छैन, उनले अभिकर्ता भेलालाई सम्बोधन गर्दै भने, गठबन्धनका दलहरुको आफ्नै प्राथमिकता र विवशताको अवस्था छ, कता कता सरकार रुमल्लिएको अवस्थामा छ। विकास निर्माणको काम छुटेको छ। गौरवका योजनाहरु अलमलिएका छन् । ओलीले बीमा नियमावलीको मस्यौदा तयार पारेर बीमा नियामकले आठ महिना अघि नै अर्थ मन्त्रालयमा पेश गरि सकेपनि अझैसम्म मन्त्रीपरिषदबाट स्वीकृत नहुँदा सम्पूर्ण बीमा उद्योग नै अनिर्णयको बन्दी हुन बाध्य गुनासो गरे । उनले भने, बीमा नियमावलीलाई चाँडो भन्दा चाँडो स्वीकृत गराउनका लागि नियामक, अभिकर्ता र बीमक संघको तर्फबाट पनि सरकारलाई दबाब दिनुपर्छ।

Prabhu
Crest

जीवन बीमालेखको समर्पण मूल्य भुक्तानीको प्रसङ्ग उल्लेख गर्दै ओलीले बीमा कम्पनीहरुले खर्चवापतको रकम कट्टा गरेर बाँकी रकम सम्बन्धित बीमितलाई फिर्ता दिनुपर्छ भन्ने लेखा समितिको निर्णय व्यवहारिक पक्षमा उपयुक्त भएपनि सैद्धान्तिकरुपमा नमिलेको टिप्पणी गरे ।  उनले समर्पण मूल्य भुक्तानीका लागि तीन वर्षे प्रावधान ल्याउनुको पछाडी बीमा छोड्ने(त्याग्ने) क्रम नबढोस्, रोकियोस् भन्ने नियामकको सोच भएको बताए । के कसैले २ वर्ष ११ महिनासम्मको पैसा तिरेको छ भने उसको पैसा के हुने हो,नपाइने नै अवस्था रहन्छ? के त्यो सबै पैसा व्यवस्थापन खर्च र अभिकर्ता कमिशनमा सिद्धिएको हुन्छ ? भन्ने प्रश्न गर्दै उनले भने, पुरानो बीमामा नभए पनि कम्तीमा पनि अब आउने दिनमा करार सम्झौतामा यस्तो विषयलाई कानूनीरुपमा नै सम्बोधन गर्न सकिने गरी केही उपाय हुनसक्छ।

उद्घाटन शत्रमा शुभकामना व्यक्त गर्दै एलआइसी नेपालका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले उपस्थित अभिकर्ताको संख्या प्रति इंगित गर्दै भने, अभिकर्ता स‌ंगठनको बल देख्दा हाम्रो कम्पनी दुई नम्बरमा नभएर एक नम्बर बन्नुपर्छ । जीवन बीमा अभिकर्ताको पेशा पुण्यको काम भएको बताउँदै कुमारले भने,एलआइसीको लोगोमा दुई हातको बीचमा प्रज्वलित दीपले घरको चिराग (घरमूली) निभे (निधन भए) पनि तपाई(बीमित) को घरमा अँध्यारो हुन दिने छैनौं भन्ने सन्देश दिन्छ ।

उनले अभिकर्ताले बीमितका लागि पुण्यको कामसँगै आफ्नो परिवारको जीविकोपार्जनको लागि पनि ध्यान दिनुपर्ने सुझाव दिए । बढ्दो महँगी र जीविकोपार्जनका लागि आवश्यक खर्च प्रति संकेत गर्दै भने, परिवारको भरणपोषण राम्ररी गर्नु छ भने अभिकर्ताले कम्तीमा पनि महिनामा ३ लाख रुपैयाँ कमिशन लिनुपर्छ। त्यो भन्दा कम आम्दानी गरि रहनु भएको छ भने तपाईले आफूसँग, आफ्नो परिवार, बीमा कम्पनी र समाजसँग इमान्दारि गर्नु भएको छैन ।

प्रमुख कार्यकारी कुमारले देशको प्रगतीबाट आफूले लाभ पाए नपाएको भन्दा पनि त्यो प्रगतीमा आफ्नो हिस्साको योगदान कति छ भन्ने तर्फ सचेत भएर सोच्न सुझाए। सर्वसाधारणलाई हामीले सुरक्षा मात्र दिलाउने होइन, अभिकर्ताको दोश्रो प्रमुख कर्तव्य यो हो की आफ्नो जीविकोपार्जनलाई पनि ध्यान दिनुहोस् । उनले माइक्रोसफ्टका मालिक बिल गेट्सको भनाई जोड्दै भने, म गरिब भएर जन्मिएको भए यसमा मेरो दोष हुने होइन, तर म गरिब भएरै मरे भने अवश्य पनि म दोषी हुनेछु । उनले समयको रफ्तारलाई समाउन अभिकर्तालाई प्रेरित गर्दै भने,नेपाली अभिभावक आफ्नो  लागि होइन परिवारका लागि मिहिनेत गरिहेको हुन्छ, तपाईहरु पनि इमान्दारिताका साथ मिहिनेत गर्न नचुक्नुहोस् । पैसा कमाउने माध्यम जीवन बीमालाई भरपुर उपयोग गर्न समेत उनले अभिकर्तालाई सुझाव दिए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

0%

दु :खी

25%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS