IME Life New

यी हुन् सिटिजन लाइफका २२ ठूला शेयरधनी, कसको स्वामित्व कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका नेपालमा सञ्चालित जीवन बीमकमध्ये एक हो। कम्पनीको अध्यक्षमा प्रदीपजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृतमा पोषकराज पौडेल छन्।

कम्पनीले ४ क्षेत्रीय कार्यालय, ७ प्रादेशिक कार्यालय, १६ क्षेत्रीय शाखा कार्यालय र १४० शाखा÷उपशाखाबाट सर्वसाधारणलाई जीवन बीमा सेवा प्रदान गर्दै आएको छ।

Esewa
Crest

आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनअनुसार सिटिजन लाइफमा १ प्रतिशतभन्दा माथि शेयर स्वामित्व भएका २२ शेयरधनी रहेका छन्। यो कम्पनीमा सबैभन्दा ठूला शेयरधनी कान्तिपुर पब्लिकेसन्स र सुमितकुमार अग्रवाल छन्। यी दुवै शेयरधनीको कम्पनीमा ७.४३ प्रतिशत शेयर स्वामित्व अर्थात १९ लाख ५० हजार कित्ता रहेको छ।

सिजिनल लाइफमा प्रदीपजंग पाण्डेको शेयर स्वामित्व ४.२९ प्रतिशत रहेको छ। उनीसँग १३ लाख ७५ हजार कित्ता शेयर रहेको छ। विकास जंगबहादुर राणा, सुषमा राणा र यती वर्ल्ड इन्भेस्टमेन्टसँग समान ५.१४ प्रतिशत (१३ लाख ५० हजार कित्ता) शेयर स्वामित्व रहेको छ।

यसैगरी एयर डाइनेस्टी हेली सर्भिसेज कम्पनीको ३.०६ प्रतिशत (८ लाख २ हजार ५०० कित्ता) शेयर स्वामित्व रहेको छ। ज्योतिप्रकाश पाण्डे, ललित अग्रवाल र उर्मिला पाण्डेसँग पनि समान २.२९ प्रतिशत शेयर स्वामित्व रहेको छ। उनीहरुसँग समान ६ लाख कित्ता शेयर रहेको छ।

यस्तै राजेन्द्रप्रसाद श्रेष्ठसँग २ प्रतिशत (५ लाख २५ हजार कित्ता), राम अग्रवालसँग १.८९ प्रतिशत (४ लाख ९५ हजार कित्ता), गुडविल फाइनान्स र प्रिमियर वायर्ससँग समान १.७१ प्रतिशत (४ लाख ५० हजार कित्ता), आरजुलक्ष्मी धिताल, क्याबिनेट श्रेष्ठ र सुजन वैद्य (श्रेष्ठ)सँग समान १.३७ प्रतिशत (३ लाख ६० हजार कित्ता), सन्दीप पाख्रिन लामा र सौगात पाख्रिन लामासँग समान १.२९ प्रतिशत (३ लाख ३७ हजार ५०० कित्ता), पृथ्वीबहादुर पाण्डे र शिखर इन्स्योरेन्ससँग समान १.२३ प्रतिशत (३ लाख २२ हजार ५०० कित्ता) र हिमालयन इन्फ्रास्ट्रक्चर फन्डसँग १.१४ प्रतिशत (३ लाख कित्ता) शेयर स्वामित्व रहेको छ।

सिटिजन लाइफले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १२ करोड ३६ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ। दोस्रो त्रैमाससम्म कम्पनीको शेयर प्रिमियममा १ अर्ब ५५ करोड रुपैयाँ र जीवन बीमा कोषमा १० अर्ब २० करोड रुपैयाँ छ। सञ्चित जगेडा कोषमा ६८ करोड ९५ लाख रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा १४ करोड १६ लाख रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

17%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS