Connect IPS
IME Life

रिलायबल नेपाल लाइफको खुद बीमा शुल्क सामान्य बढ्दा अधिकांश सूचकमा सकारात्मक प्रगति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० /८१ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा ग्रोथ देखिएको छ ।

४ अर्ब रुपैयाँ शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा २३ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ४६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ४ दशमलव ९६ प्रतिशतले बढेको हो । जीवन बीमा कम्पनीको हकमा एक्चुअरी भ्यालुएशनपछि कम्पनीको मुनाफामा सामान्य थपघट हुन सक्छ ।

Prabhu
Crest

चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले शेयर प्रिमिय मार्फत १ अर्ब ७५ करोड रुपैयाँ उठाएको छ । यस अवधिमा कम्पनीको महाविपत्ती कोषमा १४ करोड ३७ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीकोे संचिती जगेडा कोषमा १ अर्ब २३ करोड ८५ लाख ८२ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७९ /८० को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोष ६ अर्ब ४९ करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा यस समिक्षा अवधि पुस मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार बृद्धि भई ८ अर्ब ५३ करोड पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीले १ अर्ब ९३ करोड २५ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७८ करोड ६५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ८ प्रतिशतले बृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १७ करोड ९९ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ३९ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो । कम्पनीले यस अवधिमा १ अर्ब ७५ करोड २६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७२ करोड २५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १.७४ प्रतिशतले बृद्धि भएको छ ।

समिक्षा अवधिमा कम्पनीले २१ करोड ४६ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २४ करोड ८० लाख रुपैयाँ खर्चिएको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीले अभिकर्ता कमिशनमा कम रकम खर्चिएको छ ।

कम्पनीले समिक्षा अवधिसम्ममा ६४ करोड ४५ लाख रुपैयाँ प्रथम बीमा शुलक (समावेश सिंगल प्रिमियम) आर्जन गरेको छ । कम्पनीले २ करोड ३२ लाख रुपैयाँ सिंगल प्रिमियम संकलन गरेको छ । कम्पनीले १ अर्ब २८ करोड ७९ लाख रुपैयाँ नविकरण मार्फत आर्जन गरेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ५५ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ७९ रुपैयाँ ७१ पैसा रहेको छ । सोल्भेन्सी रेसियो १.८४ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

0%

दु :खी

50%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS