IME Life New

सूर्यज्योति लाइफमा देखियो मर्जरको सिनर्जी, बीमा कोष २७% र कुल बीमाशुल्क आर्जन ६०% ले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीको खुद नाफा २३ करोड ६६ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को सोही अवधिसम्मको तुलनामा ६२.९३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीले १४ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

कम्पनीले दोस्रो त्रैमाससम्म  ४ अर्ब २८ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ५९.७३ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ६८ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

Esewa
Crest

समीक्षा अवधिसम्म कम्पनीले ४ अर्ब १५ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ५४ करोड १२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ६३.५९ प्रतिशतले बढेको छ।

चुक्तापुँजी ४ अर्ब ५४ करोड रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिसम्म शेयर प्रिमियममा ३ करोड ७२ लाख रुपैयाँ सञ्चित गरेको छ। यस अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा ३३ करोड १३ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १ अर्ब ४० करोड ६६ लाख रुपैयाँ रहेको छ।

गत वर्ष महाविपत्ति कोषमा ३१ करोड ९४ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १ अर्ब १८ करोड २८ लाख रुपैयाँ थियो। यो हिसाबले महाविपत्ति कोषको आकार ३.७३ प्रतिशत र रिटेन्ड अर्निङ १८.९२ प्रतिशतले बढेको छ। यो अवधिसम्म कम्पनीको जीवन बीमा कोषको आकार पनि २६.६८ प्रतिशतले बढेर ३० अर्ब ५१ करोड ६९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा २४ अर्ब ९ करोड ६ लाख रुपैयाँ थियो।

अघिल्लो वर्ष यही अवधिसम्म अन्य इक्विटीमा १ अर्ब १७ करोड २३ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा बढेर १ अर्ब १८ करोड ६० लाख रुपैयाँ पुगेको छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १०.४१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस ६.३९ रुपैयाँ थियो। पीई रेसियो ५१.८७ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १६५.१५ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS