IME Life New

नेपाल लाइफको बोनश दर घटेपछि अभिकर्ताको असन्तुष्टी, सीईओलाई दिए आन्दोलनको चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको अघिल्लो आर्थिक वर्ष २०७८/७९ का लागि स्वीकृत बोनश दर साबिकको भन्दा कमजोर भएको भन्दै पेशागत बीमा अभिकर्ता संघ बीमक समितिले प्रमुख कार्यकारी अधिकृतलाई आन्दोलनको चेतावनी दिएको छ।

गत पौष २१,२१ मा सम्पन्न विशेष अधिवेशनबाट निर्वाचित अध्यक्ष गणेश अधिकारी नेतृत्वको कार्य समितिले म‌ंगलबार बिहान ११ बजे पेश गरेको ज्ञापन पत्रमा आव २०७८/७९ को बोनश दर साबिकभन्दा घटेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समितिले आव २०७९/८० को बोनश दर साबिकको भन्दा बढाएर नल्याएमा जुनसुकै कदम चाल्न पनि पछि नपर्ने भन्दै प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीलाई चेतावनी समेत दिएको छ।

Esewa
Crest

स्मरण रहोस् मंगलबार अपरान्ह उच्च अदालत पाटनको संयुक्त इजलाशले अधिकारी नेतृत्वको नव निर्वाचित कार्य समिति लगायत विशेष अधिवेशनबाट भएको निर्णय सम्बन्धी मुद्दा विचाराधीन रहेको भन्दै विवादको टुंगो नलाग्दासम्म कार्यान्वयन नगर्न निर्देशन जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

55%
happy

खुसी

18%
sad

दु :खी

9%
amazed

अचम्मित

9%
excited

उत्साहित

9%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS