Connect IPS
IME Life

६ महिनामा जीवन बीमा कम्पनीहरुको कुल ब्यापार ७४ अर्ब २२ करोड, कुनले कति गरे संकलन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०८०/ ८१ को पुस महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ७४ अर्बमाथि कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङक अनुसार यी कम्पनीहरुले यस अवधिसम्ममा १ करोड ३७ लाख ४१ हजार ३५५ वटा बीमा पोलिसी विक्री गरी ७४ अर्ब २२ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

यस अवधिसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमा शुलक आर्जन गरेको छ । कम्पनीले यस अवधिसम्ममा २० अर्ब २ करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिसम्ममा ८ अर्ब ६२ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनील रहेको छ । कम्पनीले यस अवधिमा ८ अर्ब ५६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।
त्यस्तै, हिमालयन लाइफले ८ अर्ब ९करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ७५ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले ४ अर्ब २८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । एशियन लाइफ इन्स्योरेन्सले ३ अर्ब ७२ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।
सानिमा रिलायन्स लाइफले २ अर्ब ८५ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सिटिजन लाइफले २ अर्ब ७३ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । मेट लाइफले २ अर्ब ६८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । आइएमई लाइफले २ अर्ब १० करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

Prabhu
Crest

त्यसैगरी प्रभु महालक्ष्मी लाइफले २ अर्ब ३ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले १ अर्ब ९३ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सन नेपाल लाइफले १ अर्ब ७८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS