IME Life New

बालबालिकाको बीमालेखबाट जीवन बीमा कम्पनीले कमाए सवा ११ अर्ब रुपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीले बालबालिका सम्बन्धी बीमालेखको बिक्रीबाट ६ महिनाको अवधिमा सवा ११ अर्ब रुपैयाँ भन्दा बढी बीमाशुल्क रकम संकलन गरेका छन् । जीवन बीमकले चालू आर्थिक वर्ष २०८०।८१ को पौष मसान्तसम्ममा बाल बीमालेखबाट कूल ११ अर्ब २७ करोड ९४ लाख ९५ हजार रुपैयाँ संकलन गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार समिक्षा अवधिमा जीवन बीमकले  बाल बीमालेखबाट गरेको कूल बीमाशुल्क आम्दानीमा ०.८ प्रतिशतको झिनो वृद्धि रेकर्ड भएको छ। गत आवको पौष मसान्तसम्ममा जीवन बीमकले बाल बीमालेखबाट कूल १० अर्ब ३३ करोड २६ लाख ७४ हजार रुपैयाँ संकलन गरेका थिए।

Esewa
Crest

गत आवको पौष महिनाको बीमाशुल्क आम्दानीको तुलनामा यो आवको पौष महिनामा बालबालिकाको बीमालेखवापत बीमाशुल्क आम्दानी १२ करोड ७९ लाख ३५ हजार रुपैयाँँले वृद्धि भएको छ। यो पौषमा जीवन बीमकले बालबालिका बीमालेखबाट कूल १ अर्ब ९१ करोड ८७ लाख ३० हजार रुपैयाँ संकलन गरेका छन् । गत आवको पौषमा यस्तो बीमाशुल्क आम्दानी १ अर्ब ७९ करोड ७ लाख ९५ हजार रुपैयाँ थियो ।

जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको पहिलो अर्द्ध वार्षिक अवधिमा संकलन गरेको कूल बीमाशुल्क आम्दानीमा बालबालिका बीमालेखको योगदान १५.१९ प्रतिशत रहेको छ। गत आर्थिक वर्ष २०७९।८० को अर्द्ध वार्षिक अवधिमा संकलित कूल बीमाशुल्कमा बालबालिका बीमालेखको योगदान १४‍.४२ प्रतिशत थियो ।

जीवन बीमा कम्पनीहरुले बिक्री गर्ने सावधिक प्रकृतिका बीमालेखमध्ये सामान्य सावधिक बीमालेख पछि सबैभन्दा बढी बिक्री हुने बीमालेख हो, बालबालिका सम्बन्धी सावधिक बीमालेख । नेपाली अभिभावकहरू बालबालिकाको भविष्यको शिक्षा दिक्षाको लागि अनिवार्य रकम बचत गर्नुपर्छ भन्ने मनस्थिति र आफ्नो समेत जोखिम बहन हुने भएकाले बालबालिकाको लागि जीवन बीमा गराउन रुचाउँछन् । सन्तानसँगको भावनात्मक सम्बन्धका कारणा मध्यम वर्गिय अभिभावकले बालबालिकाको बीमालाई चाँडो ग्रहण गर्छन्, त्यसैले यसको माग पनि धेरै छ।

जीवन बीमालेख निर्देशिका २०७९ को पालना नगरेपछि  नियामक प्राधिकरणले नेपाल लाइफ इन्स्योरेन्स सहितका केही जीवन बीमकको बालबालिका बीमालेख बिक्रीमा झण्डै दुई महिनासम्म रोक लगाई दिएको थियो । त्रैमास अवधिको सर्वाधिक व्यापार हुने पौष महिनामा अधिकांश जीवन बीमकले बालबालिका सम्बन्धी बीमालेख बिक्री गर्न पाएकाले अस्थायी रोकबाट व्यापार ठूलो प्रभाव नपरेको हुनसक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS