IME Life New

प्रभु महालक्ष्मी लाइफका यी हुन् १५ ठूला शेयरधनी, कसको नाममा कति कित्ता शेयर ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीमध्ये एक हो। साबिकको प्रभु लाइफ र महालक्ष्मी लाइफ मर्ज भएर प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बनेको छ।

प्रभु महालक्ष्मी लाइफको गत पुस २९ गते छैटौँ वार्षिक साधारणसभा भएको थियो। सभाबाट संस्थापक शेयरधनीहरुका तर्फबाट सञ्चालकमा चयन भएकी शिक्षा भट्टचनलाई सञ्चालक समितिको बैठकले कम्पनीको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। उनी बीमा क्षेत्रकै कान्छी अध्यक्ष पनि हुन्।

Esewa
Crest

वार्षिक साधारणसभा प्रस्तुत कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनअनुसार कम्पनीमा १ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व भएका शेयरधनीको संख्या १५ रहेको छ।

कम्पनीमा सबैभन्दा धेरै शेयर स्वामित्व सम्झना अर्यालको छ। उनीसँग कम्पनीको २१.४३ प्रतिशत शेयर स्वामित्व रहेको छ। जसअनुसार उनीसँग कम्पनीको ३० लाख कित्ता शेयर रहेको छ।

साबिक मेगा बैंक १४.२९ प्रतिशत शेयर स्वामित्वका साथ प्रभु महालक्ष्मीमा दोस्रो ठूलो शेयरधनी रहेको छ। साबिक मेगा बैंकको नाममा कम्पनीको २० लाख कित्ता शेयर रहेको छ।

तेस्रो ठूलो शेयरधनीमा ज्योति विकास बैंक रहेको छ। कम्पनीमा यो बैंकको बैंक १०.७१ प्रतिशत शेयर स्वामित्व रहेको छ।

प्रभु महालक्ष्मीमा ५.७१ प्रतिशत शेयर स्वामितवका साथ एक्सेल डेभलपमेन्ट बैंक चौथो ठूलो शेयरहोल्डरका रुपमा रहेको छ।

त्यस्तै कम्पनीमा राजनप्रसाद सुवेदीको ३.७९ प्रतिशत, एनएमबि बैंकको ३.५७ प्रतिशत, महालक्ष्मी विकास बैंकको ३.३९ प्रतिशत, मोहनलाल अग्रवालको २.८६ प्रतिशत, उमेशकुमार अग्रवालको २.१४ प्रतिशत, कृष्णप्रसाद शर्मा, ग्रिष्मराम भण्डारी, पृथ्वीराज भण्डारी र मनोरञ्जनरमण शर्माको समान १.४३ प्रतिशत तथा मनोज शर्माको १.०७ प्रतिशत शेयर स्वामित्व रहेको छ।

सञ्चालकहरुको नाममा रहेको शेयर

संस्थापक शेयरधनीका तर्फ शिक्षा भट्टचन अध्यक्ष बनेकी छन्। उनले प्रभु ग्रुपबाट कम्पनीमा प्रतिनिधित्व गरेकी छन्। प्रभु ग्रुपको नाममा १० लाख ९८ हजार कित्ता संस्थापक शेयर रहेको छ।

यसैगरी संस्थापक समूहबाट सञ्चालक बनेकाहरु सुसन शेरचनको नाममा ५ हजार कित्ता, उमेशलाल श्रेष्ठको नाममा १ लाख १२ हजार ५०० कित्ता र सुरेश सापकोटाको नाममा ७५ हजार कित्ता शेयर रहेको छ।

सर्वसाधारण समूहबाट सञ्चालक बनेकाहरु शंकर गौतमसँग ६६४ कित्ता र ज्योति शेरचन (गौचन)सँग १०० कित्ता शेयर रहेको छ। स्वतन्त्र सञ्चालकमा अन्जु अधिकारी छिन्।

मर्जरपछि बनेको प्रभु महालक्ष्मी लाइफको चुक्तापुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ रहेको छ। यो कम्पनीमा संस्थापक समूहको ८४.६७ प्रतिशत र सर्वसाधारणको १५.३३ प्रतिशत शेयर स्वामित्व रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%
happy

खुसी

0%
sad

दु :खी

14%
amazed

अचम्मित

14%
excited

उत्साहित

14%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS