IME Life New

गैरकानुनी नियुक्ति काण्डः प्रभु महालक्ष्मीका सीईओ भट्टराईमाथि छानबिन गरी कारबाही गर्न माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ रमेश कुमार भट्टराईको नियुक्तिका विषयमा छानबिन गरी कारबाही गर्न माग गर्दै नेपाल बीमा प्राधिकरणमा उजुरी परेको छ।

कम्पनीका एक शेयरधनीले बीमा प्राधिकरणमा आज पुस २९ गते उजुरी दर्ता गर्दै सीईओ भट्टराईको नियुक्तिका विषयमा छानबिन गरी कारबाही गर्न माग गरेका हुन्। ‘मिति २०८०/०९/२६ गते इन्स्योरेन्स खबर अनलाइन पत्रिकामा प्रकाशित ‘प्रभु महालक्ष्मीका सीईओ भट्टराईको नियुक्ति नै अवैध, मतियार बन्यो बीमा प्राधिकरण’ शीर्षकमा समाचार सार्वजनिक चासोको विषय तथा त्यस कम्पनीको शेयरधनी भएकोले ध्यानार्कषण भएको छ’, उजुरीमा भनिएको छ।

Esewa
Crest

समाचारमा उल्लेख भएअनुसार निम्न बुँदाहरुका आधारमा सीईओ भट्टराईको नियुक्ति गैरकानुनी भएको देखिने उजुरीमा उल्लेख छ।

१. साबिक दुवै कम्पनीका सञ्चालकहरुको प्रतिनिधित्व हुने गरी गठन भएको मर्जर कमिटीलाई सबै करार, प्रारम्भिक सम्झौता तथा अन्तिम सम्झौता बाहेक, गर्ने अख्तियारी नभएको तथा मर्जर कमिटीका सचिवलाई प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि प्राधिकरणसमक्ष लेखी पठाउन कहीँकतैबाट अख्तियारी दिएको देखिँदैन। स्मरण रहोस् प्रमुख कार्यकारी नियुक्तिको एकमात्र अधिकार सञ्चालक समिति समक्षमात्र रहेको कुरा बीमा ऐनमा उल्लेख छ।

२. साबिक दुवै कम्पनीले कम्पनी रजिस्ट्रारको कार्यालयबाट कम्पनीको नाम परिर्वतन भई एक–आपसमा गाभिई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट कारोबार सञ्चालनको स्वीकृति प्रदान गर्नुअघि नै अस्तित्वमा नभएको कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि लेखी पठाएको।

३. बीमा ऐन, २०७९ मा एकाघरको परिवारको स्वार्थ बाझिने व्याख्यामा बहालवाला प्रमुख कार्यकारी अधिकृतको हकमा समेत सोही व्यवस्था लागू हुनेमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतकी ‘छोरी’ रिचा भट्टराईको नाममा साबिक महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर रहेको छ।

त्यसैले उल्लेखित बुँदाहरुको सवालमा निष्पक्ष छानबिन गरी कानुनी रुपमा नमिल्ने भए गरेको देखिएमा सीईओ भट्टराईको नियुक्ति बदर गरी कारबाही गर्न उजुरीमा माग गरिएको छ।

यो पनि पढनुहोस्ः प्रभु महालक्ष्मीका सीईओ भट्टराईको नियुक्ति नै अवैध, मतियार बन्यो बीमा प्राधिकरण

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS