IME Life New

जीवन बीमकहरुको बीमाशुल्क आर्जनमा सामान्य वृद्धि, सबै प्रदेशमा व्यवसाय बढ्दा कर्णालीमा संकुचन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा जीवन बीमा कम्पनीहरुको व्यवसाय सामान्य बढेको छ।

नेपाल बीमा प्राधिकरण आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मंसिरसम्म कम्पनीहरुले ६१ अर्ब ७५ करोड ८० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन्। गत आर्थिक वर्ष २०७९/८० को मंसिरसम्म कम्पनीहरुले ५९ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। यो हिसाबले गत आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरुको बीमाशुल्क ३.७७ प्रतिशतले बढेको छ।

Esewa
Crest

प्रदेशगत हिसाबले हेर्ने हो भने जीवन बीमकहरुको सबैभन्दा धेरै व्यवसाय बागमतीमा देखिएको छ। समीक्षा अवधिसम्म बागमतीबाट मात्रै कम्पनीहरुले २८ अर्ब २१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। गत वर्ष मंसिरसम्म कम्पनीहरुले बागमती प्रदेशबाट २७ करोड ६८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए। बागमतीमा जीवन बीमा व्यवसाय १.९१ प्रतिशतले बढेको छ।

यसैगरी लुम्बिनी प्रदेश बीमा व्यवसाय दोस्रो ठूलो बजार देखिएको छ। यो प्रदेशबाट कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिरसम्म ९ अर्ब ३१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। गत वर्ष मंसिरसम्म लुम्बिनीबाट कम्पनीहरुले ८ अर्ब ३० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए।

समीक्षा अवधिसम्म कम्पनीहरुले कोशी प्रदेशबाट ७ अर्ब २८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेकोमा गण्डकी प्रदेशबाट ६ अर्ब २२ करोड रुपैयाँ उठाएका छन्। गत वर्ष मंसिरसम्म कम्पनीहरुले कोशी प्रदेशबाट ६ अर्ब ९६ करोड रुपैयाँ र गण्डकीबाट ५ अर्ब ८५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए।

यो मंसिरसम्म मधेश प्रदेशबाट कम्पनीहरुले ५ अर्ब ३५ करोड रुपैयाँ, सुदूरपश्चिम प्रदेशबाट ३ अर्ब ६२ करोड रुपैयाँ र कर्णालीबाट १ अर्ब ७३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। गत वर्ष मंसिरसम्म यी प्रदेशबाट क्रमशः ५ अर्ब २८ करोड रुपैयाँ, २ अर्ब ९६ करोड रुपैयाँ र २ अर्ब ४५ करोड रुपैयाँ बीमाशुलक आर्जन गरेका थिए।

पछिल्लो एक वर्षमा जीवन बीमाको व्यापार सबै प्रदेशमा बढ्दा कर्णालीमा भने संकुचन आएको छ। कर्णालीमा २९.५४ प्रतिशतले व्यापार घटेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS