काठमाडौं । आर्थिक वर्ष २०८०/ ८१ को पाँच महिनामा जीवन बीमा कम्पनीहरुले साढे ६१ अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार यी कम्पनीहरुले मंसिर महिनासम्ममा १ करोड ३७ लाख ५४ हजार ४८३ वटा बीमा पोलिसी विक्री गरी ६१ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।
यस अवधिमा सबैभन्दा धेरै कुल बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इस्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा १६ अर्ब ७६ करोड ०८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । दोस्रोमा नेशनल लाइफ रहेको कम्पनीले अवधिमा ७ अर्ब १६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा ६ अर्ब ९२करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।
त्यस्तै, हिमालयन लाइफले ६ अर्ब ७९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ५२ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले ३ अर्ब ४५ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । एशियन लाइफले ३ अर्ब २ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।
आइएमई लाइफले १ अर्ब ६३ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले १ अर्ब ५३ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सन नेपाल लाइफले १ अर्ब ४४ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।