IME Life New

प्रभु इन्स्योरेन्सलाई नेपाल पुनर्बीमाको शेयर नामसारी गर्न प्राधिकरणको स्वीकृति, एसियन लाइफले कतिमा उठायो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रभु इन्स्योरेन्सको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर नामसारी गर्न स्वीकृति प्रदान गरेको छ।

नेपाल पुनर्बीमा कम्पनीको बिहीबार बसेको सञ्चालक समितिले पनि प्रभु इन्स्योरेन्सको नाममा रहेको संस्थापक शेयर नामसारी गर्न स्वीकृति दिएको छ। दुवै निकायबाट स्वीकृति पाएसँगै प्रभु इन्स्योरेन्सले नेपाल पुनर्बीमा कम्पनीमा रहेको आफ्नो स्वामित्वको शेयर बोलकबोल प्रक्रियाबाट सकारेको एशियन लाइफ इन्स्योरेन्सलाई बिक्री गर्न बाटो खुलेको हो।

Esewa
Crest

प्रभु इन्स्योरेन्सले प्रतिकित्ता २८० रुपैयाँ न्यूनतम बिक्री मूल्य तोकेर नेपाल पुनर्बीमाको १९ लाख ७९ हजार ४२४ कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको थियो। एसियन लाइफले प्रतिकित्ता २८० रुपैयाँकै दरले सबै शेयरमा बोलकबोलमार्फत आवेदन दिएको थियो। सोही मूल्यमा एसियन लाइफले बिक्रीमा राखिएका सबै शेयर पाएको हो।

प्रभु इन्स्योरेन्ससँग रहेको पुनर्बीमा कम्पनीको संस्थापक सेयर एशियन लाईफले खरिद गर्न लागेकोमा उक्त सेयरलाई नेपाल बिमा प्राधिकरणले स्वीकृत दिएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS