काठमाडौं । आर्थिक वर्ष २०७९ /८० को लागि हालसम्म ३ वटा जीवन बीमा कम्पनीले मात्रै नयाँ बोनश दर घोषणा गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म मेट लाइफ(एलिको), सिटिजन लाइफ र रिलायबल नेपाल लाइफ समेत जम्मा तीन कम्पनीको मात्र गत आवको बोनश दर स्वीकृत गरिएको छ।
हरेक वर्ष कम्पनीको बीमांकी मूल्यांकन( एक्चुरियल भ्यालुएशन) पछि घोषणा गरेको बोनस दरका आधारमा बीमितले बोनश रकम पाउँछन् । नयाँ बोनश दर घोषित नहुँदासम्म बीमितले पछिल्लो घोषित बोनश दरकै आधारमा समर्पण मूल्य, बीमालेख धितो कर्जा, अग्रिम दाबी भुक्तानी, जीवित लाभ(सर्भाइभल बेनिफिट), मृत्यु दाबी भुक्तानी र परिपक्व दाबी भुक्तानीवापतको रकम भुक्तानी प्राप्त गर्छन् ।
कम्पनीहरुको आर्थिक वर्ष २०७९ /८० को आर्थिक लेखाजोखा र दायीत्वको मूल्याङकन सम्बन्धी बिमाङ्कीय प्रतिवेदन प्राधिकरणबाट स्वीकृत भएसँगै ती कम्पनीले प्रचलनमा ल्याएका मुनाफामा सहभागि हुने जीवन बीमा योजनाहरुमा नयाँ र अन्तरिम बोनशका रुपमा नयाँ बोनश दर लागू हुनेछ ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी
यो जीवन बीमा कम्पनीले जारी गरेको विभिन्न बीमालेखमा न्यूनतम २५ रुपैयाँदेखि अधिकत्तम ७७ रुपैयाँसम्म बोनश दर कायम गरिएको छ ।
अग्रिम भुक्तानी (सावधिक रेगुलर जीवन बीमालेख) मा १० देखि १४ वर्ष अवधिसम्मको लागि ४४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४९ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ५५ रुपैयाँ बोनसदर कायम गरेको छ ।
सावधिक (रेगुलर)जीवन बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिको लागि ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४२ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५० रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६३ रुपैयाँ बोनसदर दिने भएको छ । ३० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
सिटिजन शुभारम्भ (सावाधिक प्लस) योजना सावधिक बीमालेखमा० देखि ९ वर्ष अवधिको लागि ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३९ रुपैयाँ,१५ देखि १९ वर्षको लागि ४१ रुपैयाँ, २० देखि २४ वर्षको लागि ४६ रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६५ रुपैयाँ बोनसदर दिने भएको छ । ३० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिको लागि २५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार २७ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि २७ रुपैयाँ, २० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार २८ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
सिटिजन बाल भविष्य योजना सावधिक बीमालेखमा कम्पनीले १० देखि १४ वर्ष अवधिसम्मको लागि ४४ रुपैयाँ,१५ देखि १९ वर्षको लागि ४७ रुपैयाँ, २० देखि २४ वर्षको लागि ५२ रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६७ रुपैयाँ बोनश दर कायम गरेको छ ।
सावधिक तथा आजीवन बीमालेख(सिटिजन सारथी जीवन बीमा योजना)मा ० देखि ९ वर्षको लागि ३७ रुपैयाँ, १० देखि १४ वर्षको लागि ३८ रुपैयाँ,१५ देखि १९ वर्षको लागि ४० रुपैयाँ, २० देखि २४ वर्षको लागि ४२ रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ५७ रुपैयाँ बोनश दिने भएको छ । ३० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७० रुपैयाँसम्म बोनश दर कायम गरेको छ ।
मेट लाइफ
कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्यूनत्तम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनश दर कायम गरेको छ । सावधिक जीवन बीमालेख (इन्डवमेन्ट प्लान) मा १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रति हजार ६० रुपैयाँ निर्धारण गरेको छ । १६ देखि २० वर्ष अवधिको लागि ७० रुपैयाँ, २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि प्रति हजार ८० रुपैयाँ बोनश दर कायम गरेकोे छ ।
शिक्षा संरक्षण जीवन बीमालेख (एजुकेशन प्रोटेशन प्लान) मा १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रतिहजार ६० रुपैयाँ निर्धारण गरेको छ । १६ देखि २० वर्ष अवधिको लागि ७० रुपैयाँ, २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि प्रति हजार ८० रुपैयाँ बोनश दर कायम गरेकोे छ ।
अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख मा १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४५ रुपैयाँ निर्धारण गरेको छ । १६ देखि २० वर्ष अवधिको लागि ५५ रुपैयाँ, २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि प्रति हजार ६५ रुपैयाँ बोनश दर कायम गरेको छ ।
रिलायबल नेपाल लाइफ
कम्पनीले २० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनश दिने घोषणा गरेको छ। रिलायबल सावधिक जीवन बीमा योजनामा ५ वर्षदेखि ९ वर्ष अवधिसम्मको लागि प्रति हजार ५० रुपैयाँ निर्धारण गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि ५५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ६२ रुपैयाँ,२० वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ७५ रुपैयाँ बोनसदर कायम भएको छ ।
रिलायबल लघु सावधिक जीवन बीमा योजनामा कम्पनीले सबै बीमा अवधिको लागि ३० रुपैयाँ बोनसदर कामय गरेको छ । रिलायबल सजिलो जीवन बीमा(एकल तथा सिमित अवधि भुक्तानी) मा कम्पनीको सबै बीमा अवधिहरुको लागि २५ रुपैयाँ बोनसदर कायम गरेको छ
रिलायबल सुलभ जीवन बीमालेख शुलभ बाल जीवन बीमा प्लस योजना
रिलायबल सुलभ जीवन बीमा योजनाको हकमा पाँचदेखि ९ वर्ष अवधिसम्मको लागि प्रति हजार २४ रुपैयाँ बोनस कायम भएको छ । त्यस्तै, १० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि प्रति हजार २८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ३२ रुपैयाँ, २० वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ४० रुपैयाँ कायम भएको छ ।
रिलायबल उच्च शिक्षा योजना(बालबच्चाको सावाधिक बीमालेख)मा पाँच देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ६० रुपैयाँ बोनस कायम भएको छ । त्यस्तै, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ६२ रुपैयाँ, २० वर्ष वा सो भन्दा माथि अवधिको लागि प्रति हजार ६५ रुपैयाँ बोनसदर कायम भएको छ ।
सावाधिक तथा आजीवन बीमा योजनामा कम्पनीले ५ देखि ९ वर्ष अवधिको लागि प्रति हजार ३० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति शजार ५० रुपैयाँ कायम गरेको छ ।
रिलायबल अग्रिम भुक्तानी सावाधिक बीमा योजनामा १०,१२ र १४ वर्षसम्म अवधिको लागि प्रति हजार ५० रुपैयाँ, १६,१८ र २० वर्ष अवधिको लागि प्रति हजार ५० रुपैयाँ बोनसदर कायम भएको छ । त्यसैगरी कम्पनीको रिलायबल समुन्नती जीवन बीमा योजनाका लागि कम्पनीले सबै बीमालेखमा प्रति हजार २० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।
कम्पनीहरुले घोषणा गरेको यस बोनश दर मृत्यु दाबी,पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा प्राधिकरणबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि उक्त बोनश दर कायम हुने जनाएको छ ।