IME Life New

नेपाल लाइफले ब्याज वापत बीमितबाट तीन महिनामै असुल्यो १ अर्ब १५ करोड रुपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले तीन महिनामै बीमितबाट ब्याजवापत १ अर्ब १५ करोड रुपैयाँभन्दा बढी रकम असुलेको छ। अपरिष्कृत त्रैमासिक वित्तीय विवरण अनुसार नेपाल लाइफका बीमितले बीमालेख धितो कर्जावापत चालू आव २०८०/८१ को पहिलो त्रैमासमा १ अर्ब १५ करोड ६६ लाख ७६ हजार रुपैयाँ ब्याज रकम भुक्तानी गरेका छन् ।

नेपाल लाइफले बीमितसँग अर्द्ध वार्षिकरुपमा ब्याज गणना हुने गरी वार्षिक १० प्रतिशतका दरले ब्याज असुली गर्छ। वार्षिक १० प्रतिशत ब्याज दरका आधारमा त्रैमासिक ब्याज आम्दानीलाई लिएर गणना गर्दा नेपाल लाइफले बीमितलाई कूल ४६ अर्ब २६ करोड रुपैयाँभन्दा बढी बीमालेख धितोवापतको कर्जा रकम प्रवाह गरेको छ।

Esewa
Crest

वित्तीय विवरण अनुसार सावधिक बीमालेखको धितोमा कर्जा लिएका बीमितले तीन महिनामै ५२ करोड ५३ लाख ८८ हजार रुपैयाँ ब्याज रकम भुक्तानी गरेका छन् ।नेपाल लाइफले बीमालेख कर्जाको ब्याजवापतको ४५.४२ प्रतिशत रकम सावधिक बीमालेखमा प्रवाहित कर्जाबाटै आम्दानी गरिरहेकाे छ।  यसैगरी नेपाल लाइफले बीमितलाई रुपान्तरित सावधिक जीवन बीमालेखको धितोमा दिएको कर्जाको ब्याज वापत यो अवधिमा ३५ करोड १५ लाख ८२ हजार रुपैयाँ ब्याज रकम असुल गरेको छ। यसबाहेक र आजीवन सावधिक जीवन बीमालेख कर्जाबाट २५ करोड ९२ लाख ३२ हजार र स‌ंयुक्त सावधिक जीवन बीमालेखको कर्जाबाट २ करोड ४ लाख ७२ हजार रुपैयाँ बीमाशुल्क आम्दानी गरेको छ। नेपाल लाइफको घोषित बोनश दर अनुसार बीमितलाई दिने औसत प्रतिफल दर वार्षिक ६ प्रतिशतको हाराहारी छ।

नेपाल बीमा प्राधिकरणले जारी गरेको जीवन बीमालेख निर्देशिका २०७९ को प्रावधान अनुसार बीमालेख जारी भएको मितिबाट ३ वर्ष पुरा भएको र तीन वर्षको वार्षिक किस्ता रकम भुक्तानी गरिएको बीमालेखको धितोमा कर्जा सुविधा उपलब्ध हुन्छ। यसैगरी एकल बीमाशुल्क भुक्तानीवापत जारी गरिएको बीमालेखमा पनि तीन वर्ष पुरा भएपछि बीमालेख कर्जाको सुविधा उपलब्ध हुन्छ।

नेपाल लाइफले गत असोज मसान्तसम्ममा लगानीवापत कूल ४ अर्ब ८० करोड ७ लाख ९१ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ।

नेपाल लाइफको बीमालेख बिक्रीबाट सिर्जना भएको बीमालेखको शर्त अन्तर्गतको दायीत्ववापतको रकम १ खर्ब ७५ अर्ब २१ करोड ४३ लाख ६६ हजार रुपैयाँ नाघेको छ। गत आव २०७९।८० को पहिलो त्रैमासमा यस्तो दायीत्व १ खर्ब ६५ अर्ब ५१ करोड ५८ लाख ३८ हजार रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS