IME Life New

जीवन बीमकले बीमालेख बेचेर मनाङबाट रु. ६६ लाख प्रिमियम उठाउँदा काठमाडाैंबाट कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा नियामक नेपाल बीमा प्राधिकरणले बीमा व्यवसायका हिसाबले देशभरकै कमजोर र उत्कृष्ट जिल्लाहरुको नामावली प्रकाशन गरेको छ। एकीकृत बीमा नियामक सूचना प्रणालीमार्फत् प्राप्त तथ्या‌ंकको आधारमा चालू आव २०८०/८१ मा पहिलो त्रैमाससम्मको कारोबारका आधारमा प्राधिकरणले १० वटा कमजोर र सबल जिल्लाहरुको नामावली सार्वजनिक गरेको हो ।

प्राधिकरणका अनुसार असोज मसान्तसम्ममा चालू आवमा हिमाली जिल्ला मनाङबासीले सबैभन्दा थोरै जम्मा १९ वटा बीमालेख खरिद गर्दाका  हुम्लाका बासिन्दाले २५३ जीवन बीमालेख खरिद गरेका छन् । बीमालेख बिक्री स‌ंख्याको आधारमा पहिलो त्रैमासमा खोटाङभन्दा हुम्लाको अवस्था राम्रो देखिएको छ। यो अवधिमा कोशी प्रदेश अन्तर्गतको खोटाङ जिल्लामा जम्मा २१३ बीमालेख बिक्री भएका छन्। बीमालेख बिक्री स‌ंख्याका आधारमा पुछारमा रहेका १० वटा जिल्लाहरुको सूचीमा गण्डकी प्रदेश अन्तर्गतको मनाङ, मुस्ताङ, बागमतीको रसुवा, कर्णालीको मुगु,डोल्पा र हुम्ला छन् । यसैगरी बीमालेख बिक्री संख्या आधारमा कमजोर जिल्लाहरुमा लुम्बिनीको पूर्वी रुकुम, कोशी प्रदेशको सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ जिल्ला समेत परेका छन् ।

Esewa
Crest

बीमाशुल्क आम्दानीका आधारमा पनि हिमाली जिल्ला मनाङ नै सबैभन्दा कमजोर जिल्लाको सूचीमा शीर्ष स्थानमा छ। जीवन बीमा कम्पनीले मनाङवासीबाट पहिलो त्रैमासमा नयाँ बीमालेख बिक्रीबाट जम्मा ९ लाख ५० हजार रुपैयाँ बीमाशुल्क आम्दानी गरेका छन् । प्राधिकरणका अनुसार यो अवधिमा मनाङवासीबाट ५६ लाख ७० हजार रुपैयाँ नविकरण बीमाशुल्क स‌ंकलन भएको छ। यो अवधिमा मनाङवासीले २ वटा मृत्यु दाबीवापत कूल ४ लाख ५० हजार रुपैयाँ दाबी भुक्तानी पाएका छन् । यसैगरी मुस्ताङवासीले २ वटा बीमा दाबीवापत २ लाख ९० हजार रुपैयाँ दाबी भुक्तानी पाएका छन् ।

 

बीमालेख बिक्री स‌ंख्याको आधारमा कोशी प्रदेशको राजधानी मोरङ जिल्लाले स‌ंघीय राजधानी काठमाडाैं जिल्लालाई समेत उछिनेको छ। मोरङमा असोजमसान्तसम्ममा जीवन बीमकले कूल १४ लाख ६४ हजार ६२० वटा बीमालेख बिक्री गरिसकेका छन् । यस अवधिमा काठमाडाै‌ंवासीले जम्मा ८ लाख ४९ हजार ७३६ वटा जीवन बीमालेख किनेका छन् । वैदेशिक रोजगारका लागि जारी गरिएको म्यादी बीमालेखका कारण मोरङ जिल्ला, बीमालेख स‌ंख्याको आधारमा शीर्ष स्थानमा रहेको हुनसक्छ। वैदेशिक रोजगार विभागका अनुसार गत आवमा पुनः श्रम स्वीकृति लिएका सहित मोरङबाट २९ हजार ६५८ यूवा विदेशिएका थिए भने काठमाडौंबाट जम्मा ७ हजार ६८४ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृती लिएका थिए।

बीमाशुल्क आम्दानी र मृत्यु दाबी भुक्तानी रकमको आधारमा काठमाडाै‌ं जिल्ला ७७ वटै जिल्लाहरूमध्ये शीर्ष स्थानमा रहेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीले काठमाडौं जिल्लाबाट २ अर्ब २२ करोड ५६ लाख रुपैयाँ प्रथम् बीमाशुल्क स‌ंकलन गरेका छन् । यसैगरी काठमाडौं जिल्लाबाट नविकरण बीमाशुल्कवापत ११ अर्ब ४० करोड ५० लाख ७० हजार रुपैयाँ स‌ंकलन भएको छ। यो जिल्लामा १६ हजार ४१४ वटा मृत्यु दाबीवापत पहिलो त्रैमासमै जीवन बीमकले कूल ३ अर्ब ६९ करोड ९३ लाख २० हजार रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।

व्यापारका हिसाबले काठमाडाै‌ं बाहिर कास्की जिल्ला जीवन बीमकका लागि पहिलो त्रैमास अवधिमा आकर्षणको केन्द्र बन्न सफल रहँदा रुपन्देही तेश्रो स्थानमा रहेर पछ्याउन पुगेको थियो । कास्कीबाट जीवन बीमकले  १ अर्ब ७८ करोड ३७ लाख ७० हजार रुपैयाँ नविकरण बीमाशुल्क कमाएका छन् । यसैगरी कास्कीमा १६ हजार ९३५ बीमालेखको बिक्रीबाट ७४ करोड ६७ लाख पचास हजार रुपैयाँ प्रथम् बीमाशुल्क स‌ंकलन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS