IME Life New

शेयर बजारमा उछाल आउँदा दुवै बीमा समूहमा चमक, कुन कम्पनीबाट लगानीकर्ताले पाए कति रिटर्न ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा आज उछाल आएको छ। लगातार तेस्रो सकारात्मक सर्किट लागेर बजार आज १२ः०९ बजे नै बन्द भएको छ।
नेप्से परिसूचक १११.२० अंकले बढेर १९६३.९८ को विन्दुमा पुगेको छ। बजार ६ प्रतिशतले बढेको छ। बजार बढ्दा २२७ कम्पनीको शेयरभाउ बढेको छ भने २ वटाको मात्रै घटेको छ। एउटाको शेयरभाउ भने स्थिर रहेको छ।

आज नेप्से उपसमूहमा रहेका सबै समूह बढेको छ। जलविद्युत समूह सर्वाधिक ८.६३ प्रतिशतले बढ्दा जीवन बीमा समूह ५.३० प्रतिशत र निर्जीवन बीमा समूह ५.२२ प्रतिशतले बढेको छ। नेप्सेमा अहिले ११ वटा जीवन बीमा कम्पनी र १२ वटा निर्जीवन बीमा कम्पनीको शेयर कारोबार भइरहेको छ। कारोबारमा आएकामध्ये एसियन लाइफका शेयरधनीहरु मालामाल भए। यो कम्पनीको शेयरभाउ ७.५३ प्रतिशतले बढेर ६७१ रुपैयाँ कायम भएको छ। आज एकैदिन यो कम्पनीको शेयरभाउ ४७ रुपैयाँले बढेको छ।

Esewa
Crest

यसैगरी जीवन बीमा कम्पनीमध्ये सूर्यज्योति लाइफका शेयरधनीहरुले पनि आज एकैदिन ६.९ प्रतिशत रिटर्न पाएका छन्। हिमालयन लाइफको शेयरभाउ ६.१ प्रतिशतले बढ्दा लाइफ इन्स्योरेन्स कर्पोरेसनको शेयरभाउमा ६.०९ प्रतिशतको बढोत्तरी भएको छ। आज सिटिजन लाइफको शेयरभाउ ५.७७ प्रतिशत, आइएमई लाइफको ५.५७ प्रतिशत, नेपाल लाइफको ५.०६ प्रतिशत, नेसनल लाइफको ५.२९ प्रतिशत, रिलायबल नेपाल लाइफको ५.६९ प्रतिशत, सन नेपाल लाइफको ४.४३ प्रतिशत र सानिमा रिलायन्स लाइफको २.१३ प्रतिशतले बढेको छ।

उता निर्जीवन बीमा समूहतर्फ कारोबारमा आएका १२ वटा कम्पनीमध्ये प्रभु इन्स्योरेन्सका शेयरधनीहरुले सर्वाधिक कमाए। यो कम्पनीको शेयरभाउ ९.२४ प्रतिशतले उकालो लागेको छ। हिमालयन एभरेस्टका शेयरधनीहरु पनि आज मालामाल भए। यो कम्पनी शेयरभाउ पनि ८.१४ प्रतिशतले बढेको छ। सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको शेयरभाउ पनि ८.१० प्रतिशतले बढेको छ।

यसैगरी आईजीआई प्रुडेन्सियलको शेयरभाउ ६.७३ प्रतिशत, नेपाल इन्स्योरेन्सको ६.३४ प्रतिशत, नेकोको ३.१२ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ३.९७ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको २ प्रतिशत, सगरमाथा लुम्बिनीको ५.७९ प्रतिशत, सानिमा जीआईसीको ५.५७ प्रतिशत, शिखर इन्स्योरेन्सको ४.७ प्रतिशत र युनाइटेड अजोड इन्स्योरेन्सको ५.१७ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS