IME Life New

आ.व. ७९/८० को पोलिसी बोनसदर घोषणा गर्ने पहिलो कम्पनी बन्यो सिटिजन लाइफ, बीमितले अधिकतम ७७ रुपैयाँसम्म पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड  आर्थिक वर्ष २०७९ /८०  को लागि पोलिसी  बोनसदर घोषणा गर्ने पहिलो कम्पनी बनेको छ । कम्पनीको आर्थिक वर्ष २०७९ /२०८०  को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट २०८०/ ०८/ १५ गते स्वीकृत भई बीमालेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्युनतम २५ रुपैयाँदेखि अधिकतम ७७  रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

अग्रिम भुक्तानी (सावधिक रेगुलर जीवन बीमालेख)
कम्पनीको यस बीमालेखमा १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४४ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ४९ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ५५ रुपैयाँ, बोनसदर कायम गरेको छ ।

Esewa
Crest

कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख ७१७ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४९ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

सावधिक (रेगुलर)जीवन बीमालेख
सावधिक जीवन बीमालेखको हकमा कम्पनीले ० देखि ९ वर्ष अवधिको लागि ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ४२ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५० रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६३ रुपैयाँ बोनसदर दिने भएको छ । ३० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख १ हजार १५७  वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४५ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

सिटिजन शुभारम्भ (सावाधिक प्लस) योजना सावधिक बीमालेख
सटिजन शुभारम्भ योजना सावाधिक बीमालेख कम्पनीले ० देखि ९ वर्ष अवधिको लागि ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३९  रुपैयाँ,१५ देखि १९ वर्ष अवधिसम्मको लागि ४१  रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ४६  रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६५  रुपैयाँ बोनसदर दिने भएको छ । ३० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७५  रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको यस बीमालेख मात्रै ३८  हजार ३५३  वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४१  रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख
अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिको लागि २५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार २७ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि २७  रुपैयाँ, २० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार २८  रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले सबैभन्दा धेरै २० वर्ष वा सो अवधिभन्दा माथिको ९५  हजार ४६  वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार २८ रुपैयाँ बोनश प्राप्त गर्ने छन ।

सिटिजन बाल भबिष्य योजना सावधिक बीमालेख
सटिजन बाल भबिष्य योजना सावधिक बीमालेखमा कम्पनीले  १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ४४  रुपैयाँ,१५ देखि १९ वर्ष अवधिसम्मको लागि ४७  रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५२  रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६७  रुपैयाँ बोनसदर रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको यस बीमालेख मात्रै ११  हजार ७ सय  वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४७ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

सावधिक तथा आजीवन बीमालेख(सिटिजन सारथी जीवन बीमा योजना)
सावधिक तथा आजीवन बीमालेखको हकमा कम्पनीले ० देखि ९ वर्ष अवधिको लागि ३७ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३८ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिसम्मको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ४२ रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ५७ रुपैयाँ बोनसदर दिने भएको छ । ३० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको मात्रै ८ हजार ४६  वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४०  रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS