Connect IPS
IME Life

प्रभु क्यापिटलका हितग्राही ग्राहकलाई मेरिना इम्पेक्स एन्ड टेलरिङ सेन्टरमा विशेष छुट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकका लागि विशेष अफर ल्याएको छ।

प्रभु क्यापिटल र मेरिना इम्पेक्स एन्ड टेलरिङ सेन्टरका बीचमा समझौता भएको छ। सम्झौतापत्रमा आज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले तथा मेरिना इन्पेक्स एन्ड टेलरिङ सेन्टरका तर्फबाट प्रबन्ध निर्देशक मोहनमान जोशीले हस्ताक्षर गरेका छन्।

Prabhu
Crest

यस सम्झौताअनुसार प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहकले मेरिना इम्पेक्सबाट सेवा लिँदा २५ प्रतिशत छुट अफरपाउने भएका छन्। यो अफरबाट लाभ लिन प्रभु क्यापिटलका हितग्राही ग्राहकले प्रभु क्यापिटलमा डिम्याट खाता रहेको आधिकारिक प्रमाण तथा आफ्नो आईडी कार्ड प्रस्तुत गर्नुपर्नेछ। जसका आधारमा इम्पेक्सले ग्राहकलाई प्रिभिलेज कार्ड दिनेछ।

यो अफर क्यापिटलका हितग्राही ग्राहकले समझौता अवधिदेखि आगामी २ वर्ष अवधि १७ मंसिर २०८२ सम्मका लागि इम्पेक्सको सम्पूर्ण शाखाबाट प्राप्त गर्न सक्नेछन्। यसले बागबजार, न्युरोड, गाबाल, सामाखुशीमा रहेका ४ वटा आउटलेटमार्फत सेवा प्रदान गर्दछ।

प्रभु क्यापिटल र मेरिना इन्पेक्सबीचको यो सम्झौताले क्यापिटलका ग्राहकलाई सर्टिङ तथा सुटिङ तथा टेलरिङ सेन्टरको सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। ‘प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहकका लागि प्रभावकारी रुपमा मर्चेन्ट बैंकिङ सेवा दिनुका अतिरिक्त ग्राहकलाई थप सन्तुष्टि दिन क्यापिटलले समय–समयमा यस्ता व्यावसायिक सम्झौता गरी यस्ता छुट तथा अफर सुविधा दिनसमेत कम्पनी सधैँ अग्रसर रहेको छ’, प्रभु क्यापिटलका सीईओ गौचनले भने।

प्रभु क्यापिटल मर्चेन्ट बैंकमा अग्रणी क्यापिटल हो। जसले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकलाई सेवा प्रदान गर्ने, पुँजीबजारसँग सम्बन्धित सचेतना तथा तालिम कार्यक्रम गर्नुका साथै आफ्ना प्रडक्टसँगै गाँसी सामाजिक उत्तरदायित्व कार्यसमेत वहन गर्दै आइरहेको छ।

मेरिना इन्पेक्सले सन् १९८३ देखि ग्राहकको सेवामा गुणस्तर र प्रतिस्पर्धी मूल्यका साथ उत्कृष्ट सेवा प्रदान गर्ने एक अग्रणी सुट र सुटिङ टेलरिङ हो। मेरिना इम्पेक्सले ग्राहकलाई सुट, दौरा सुरुवाल, पार्टी वेयर, अफिस वेयर आदि उपलब्ध गराउँदछन्। टु कम्प्लिट योर पर्सनालिटी भन्ने लक्ष्य राखेको मेरिना इम्पेक्सले स्तरीय कपडा र उच्चतम गुणस्तरीय सेवा दिनका साथै ग्राहकको व्यक्तित्व सुहाउँदो कपडा सिलाउनलाई सुझावसमेत दिने गर्दछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS