IME Life New

नेपाल लाइफले दाबी भुक्तानीमा बीमितलाई दुःख दिने क्रम बढ्यो, नयाँ बीमा नगरे दाबी नपाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमितको एक खर्ब ७५ अर्ब बढी बीमा शुल्क रकम दायित्व बोकेको जीवन बीमा कम्पनी  नेपाल लाइफ इन्स्योरेन्सले बीमितलाई जबरजस्ती बीमा गर्न बाध्य बनाई रहेको पाइएको छ। कुनै पनि जीवन बीमा वापतको बीमा दाबी भुक्तानी लिन सम्पर्कमा आउने बीमितलाई जबरजस्ती नयाँ बीमा गर्न बाध्य बनाई रहेको तथ्य प्रकाशमा आएको हो ।

इन्स्योरेन्स खबरलाई प्राप्त दस्तावेज अनुसार बीमित वा ईच्छ्याएको व्यक्तिलाई दाबीवापतको रकम भुक्तानी गर्नु अघि नै नयाँ बीमालेख खरिद गरे मात्र दाबी भुक्तानी दिने भन्दै तर्साउने र बीमा गर्न बाध्य बनाउने काम भइरहेको छ। बीमितलाई मृत्यु दाबी भुक्तानी, परिपक्व दाबी भुक्तानी वा अग्रिम दाबी भुक्तानीवापतको रकम भुक्तानी दिने समयमा सबै रकम भुक्तानी दि‌न हिच्किचाउने गरेको छ। पीडितका अनुसार नयाँ बीमालेख खरिद नगरेसम्म पुरानो बीमावापतको रकम दाबी भुक्तानी नपाइने भन्दै कर्मचारीले झुक्याउने प्रयास गर्छन् । सोझासाझाले कर्मचारीको भनाई पत्याएर बीमा गर्न बाध्य हुन्छन् । दाबी बारे सामान्य जानकारी राख्नेहरुले पुरै रकम भुक्तानी दिनुपर्ने अडान राखेपछि भविष्यका लागि बीमा गर्नु उपयुक्त हुने भन्दै हर स‌ंभव सम्झाई बुझाई गरेर भएपनि बीमितलाई दाबी वापतको रकम भुक्तानी नै दिन चाहँदैनन् । यस सम्बन्धमा जिज्ञासामा नेपाल लाइफका कर्मचारीको भनाई छ, हामीलाई सेल्सले पुरानो बीमितलाई दाबी भुक्तानीको समयमा जुनसुकै उपायबाट बीमा गराउनु भन्ने दबाब छ, हामी पनि बाध्य छाैं।

Esewa
Crest

दुई दशक पुरानो यो कम्पनीलाई चुनाैती दिंदै नयाँ कम्पनीले आफ्नो बजार हिस्सा क्रमशः बढाउँदै गर्दा नेपाल लाइफको बजार हिस्सा क्रमशः खुम्चि‌ंदै गएको छ। नयाँ व्यापार बिस्तार हुन नसकेपछि पुरानो बीमालेखलाई समर्पण गर्न लगाउने र पुनः बीमालेख जारी गर्ने चक्र चलाएर नेपाल लाइफको उच्च व्यवस्थापनले आफ्नो जागिर जोगाउने प्रयास जारी राखेको छ। केही समयअघि एकल बीमाशुल्क भुक्तानी लिने गरी जारी गरिने बीमालेखमा पनि एक करोड रुपैयाँभन्दा माथिको मृत्यु दाबी भुक्तानी दिंदा पुनः बीमा गर्ने शर्तमा मात्र दाबी भुक्तानी दिएको थियो। दाबी भुक्तानी दिए लगत्तै कार्यालय समयपछि कम्पनीको उच्च व्यवस्थापनले शाखा कार्यालयहरुलाई हतारहतार सर्कुलर जारी गर्दै एकल बीमाशुल्क भुक्तानी हुने गरी जारी गरिएको बीमालेखको बिक्री बन्द गरिएको घोषणा गरेको थियो ।

नेपाल लाइफमा चरम बेथिती, व्यापार खस्किएपछि बीमितबाट पैसा नपाएपनि बीमालेख जारी

बीमा दाबीवापतको पुरै रकम भुक्तानी नदिएको गुनासो पछि बीमा नियामक नेपाल बीमा प्राधिकरणले नेपाल लाइफको बीमा कारोबारमा विशेष निगरानी राख्दै स्थलगतरुपमा छानबिन समेत गरेको छ। छानबिनका क्रममा थुप्रै बीमालेखको मृत्यु दाबी, परिपक्व दाबी र अग्रिम भुक्तानी दाबी वापतको रकम भुक्तानी नै नगरी त्यस्तो दाबी रकम नयाँ बीमालेखमा रुपान्तरण गर्ने र बाँकी रहेको रकम मात्र भुक्तानी गर्ने काम भइरहेको फेला पारेको थियो । प्राधिकरणले बीमा ऐनको दफा १२३ बमोजिमको दाबी भुक्तानी प्रकृया विपरित कार्य गरेको भन्दै नेपाल लाइफको व्यवस्थापनसँग स्पष्टीकरण समेत माग गरेको छ।

बोनश दर, मृत्यु दाबी भुक्तानीको  बाँकी रकम, बीमितलाई दाबी भुक्तानी गर्नुपर्ने अन्य दायीत्व, बीमित मैत्री सेवाको अभाव लगायतका कारणले क्रमशः व्यापार खस्कि‌एपछि गैर व्यवसायीक रणनीति अपनाएर भएपनि नेपाल लाइफको उच्च व्यवस्थापनले व्यापार टिकाउने प्रयास जारी राखेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

8%
happy

खुसी

19%
sad

दु :खी

15%
amazed

अचम्मित

0%
excited

उत्साहित

58%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS