IME Life New

नेपाल लाइफमा चरम बेथिती, व्यापार खस्किएपछि बीमितबाट पैसा नपाएपनि बीमालेख जारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको जीवन बीमा बजारमा रणनीतिकरुपमा महत्वपूर्ण रहेको नेपाल लाइफ इन्स्योरेन्समा चरम बेथिती देखिएको छ। कमजोर आन्तरिक नियन्त्रण प्रणाली, कमजोर स‌ंस्थागत सुशासन र कमजोर सेवाग्राही मैत्री सेवाका कारण नेपाल लाइफमा विकृती बढ्दै गएको हो।

जीवन बीमाको बजारमा नयाँ बीमा कम्पनीहरुको बीमित मैत्री सेवा र प्रतिस्पर्धी क्षमतासँगै बजार हिस्सा खस्कि‌ँदै गएपछि बिना पैसा कै समेत बीमालेख बिक्री गरेर कागजीरुपमा ठूलो कारोबार अ‌ंक देखाउने कामलाई समेत तीब्रता दिएको छ। कुनै बेला ३५ प्रतिशतसम्म बजार हिस्सा ओगटेको नेपाल लाइफको प्रथम् बीमाशुल्क आम्दानी निरन्तर खस्कि‌ँदै गएको छ।

Esewa
Crest

इन्स्योरेन्स खबरले प्राप्त गरेको दस्तावेज अनुसार कम्पनीले बीमाशुल्क आम्दानी नै नभई पटक पटक उधारोमा जीवन बीमालेख बिक्री गरेको छ। बीमा ऐन २०७९ को दफा ६४(२) मा बीमकले पुरा बीमाशुल्क नलिई बीमालेख जारी गर्न हुँदैन भन्ने स्पष्ट प्रावधान छ। नेपाल लाइफले यो प्रावधानलाई पटक पटक उल‌ंघन गर्दै बीमालेख बिक्री कार्यलाई निरन्तरता दिएको छ।

बीमितबाट पुरा बीमाशुल्क प्राप्त नगर्दा सम्म बीमालेख जारी गर्न नपाइने कानूनी प्रावधान भएपनि नेपाल लाइफको उच्च व्यस्थापनको प्रत्यक्ष निर्देशनमा कर्मचारीले बीमाशुल्क आम्दानी नै नभएको अवस्थामा पनि निःशुल्क बीमालेख जारी गरेर फर्जी आम्दानी बाँधेका छन् ।

बीमाशुल्क प्राप्त नगरी बीमालेख बिक्री गर्ने कार्यले बीमा ऐन २०७९ को दफा ६४(२) को उल‌ंघन भएको भन्दै नेपाल बीमा प्राधिकरणले नेपाल लाइफसँग लिखित स्पष्टीकरण मागेको थियो । बीमा ऐन दफा १३८(४) को प्रावधान अनुसार ऐनको उल‌ंघन गर्ने बीमकलाई पहिलो पटकका लागि २ लाख रुपैयाँ, दोश्रो पटकका लागि २५ लाख रुपैयाँ र तेश्रो पटक वा सोभन्दा बढीका लागि पटकै पिच्छे ५० लाख रुपैयाँका दरले जरिवाना गर्न नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिसँग अधिकार छ। नेपाल लाइफले बीमा ऐनको प्रावधानहरुको उल‌ंघन पहिलो पटक नभई पटक पटक गर्दै आएकाले कम्तीमा पचास लाख रुपैयाँ जरिवाना गर्नुपर्ने अवस्था विद्यमान छ।

नियामकलाई मात्र नभएर बीमा ऐनलाई समेत पटक पटक अवज्ञा गर्दै आएको नेपाल लाइफको सञ्चालक समिति र उच्च व्यवस्थापनविरुद्ध बीमा नियामक प्राधिकरणले कडाईका साथ कारवाही नगरेको अवस्थामा अनुशासन कायम हुनसक्ने अवस्था देखि‌ंदैन ।

नेपाल लाइफले कर्मचारी नियुक्तिमा स‌ंस्थागत सुशासन उलंघन गरेको, तोकिएको समयमै वित्तीय विवरण पेश नगरेकोमा यस अघि प्राधिकरणले नगद जरिवाना गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

14%
happy

खुसी

0%
sad

दु :खी

86%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS