IME Life New

१.१६ करोड कित्ता आइपीओ ल्याउँदै शिवम होल्डिङग्स, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिवम सिमेन्ट्स लिमिटेडको करिव ८५ प्रतिशत शेयर लगानी रहेको शिवम होल्डिङग्स लिमिटेडले सर्वसाधारणको लागि आइपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले जारी पुँजी रु. ५ अर्व ८० करोडको २० प्रतिशत बराबर हुने रु. १०० का दरका १ करोड १६ लाख कित्ता साधारण शेयर सर्वसाधारणका लागि नेपाल धितोपत्र वोर्डको स्वीकृतिमा सार्वजनिक निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको हो। शिवम होल्डिङसका सञ्चालक अध्यक्ष शिवरतन शारदाको उपस्थितिमा सिद्धार्थ क्यापिटल लिमिटेडसँग शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी सम्झौता गरेको छ।

Esewa
Crest

सम्झौताअनुसार कम्पनीले सर्वसाधारणमा शेयर निष्कासन गरी बजारमा छरिएर रहेको स–साना पुँजीलाई संकलन गर्दै लगानी थप विस्तार गरी देशको अर्थतन्त्रमा योगदान पुर्याउँदै मुनाफा आर्जन गर्ने विश्वास लिएको छ।

शिवम होल्डिङग्स २०७१ सालमा प्रालि कम्पनीअन्तर्गत दर्ता भई २०७९ सालमा पब्लिक लिमिटेडमा नियमानुसार परिणत भएको कम्पनीले नेपालको सबैभन्दा ठूलो सिमेन्ट तथा किलङकर उत्पादन क्षमता भएको अत्याधुनिक प्रविधियुक्त ग्रिनफिल्ड उद्योग हो। जुन उद्योगले वेष्ट हिटको उपयोग गरी करिब १२ मेगावाट विद्युतसमेत उत्पादन गरी आफ्नै उद्योगमा प्रयोग गर्दै आएको र कन्भेयरवेल्टबाट चुनढुंगा ढुवानी गर्न सुरुङमार्गसमेत निर्माण गरिरहेको चिनिया विदेशी लगानीसमेत रहेको होङशी शिवम सिमेन्ट प्रालि, विनयी त्रिवेणी गाउँपालिका सर्दि, पूर्वी नवलपरासीमा अवस्थित कम्पनीमा ३० प्रतिशत शेयर रहेको उक्त उद्योग विगत ५ वर्षदेखि पूर्ण सञ्चालनमा रहेको प्रोजेक्टमा ठूलो रकम लगानी गरेको छ र उक्त शेयर लगानी गरेको कम्पनीबाट प्रतिफलसमेत प्राप्त गर्न सुरु गरिसकेको छ।

शिवम होल्डिङग्सको अधिकृत तथा जारी पुँजी रु. ५ अर्ब ८० करोडमध्ये संस्थापकतर्फ ८० प्रतिशत अर्थात् रु. ४ अर्ब ६४ करोड र सर्वसाधारणतर्फ रु. १ अर्ब १६ करोड शेयर पुँजी छुट्याई प्रिमियम मूल्यमा निष्कासन गर्ने प्रक्रिया प्रारम्भ गरेको हो।

यस कम्पनीका संस्थापकहरुमा शिवम सिमेन्ट्सको संस्थागत शेयर लगानी करिव ८५ प्रतिशत र अन्य १९ जना विभिन्न उद्योग, व्यापार र पेसा व्यवसायमा सफल रहेका व्यक्तिहरुको व्यक्तिगत करिब १५ प्रतिशत शेयर लगानी रहेको छ। यस कम्पनीले आफ्नो शेयर रकम लगानी गरेको संस्थाबाट विगत २ वर्षदेखि मुनाफासमेत प्राप्त गरेको छ भने शेयर जारी गरी सर्व साधारणबाट संकलन हुने प्रिमियम मूल्यसहितको रकम अन्य उपयुक्त परियोजनाहरुजस्तै हाइड्रोपावर, बैंक वित्तीय संस्था, टुरिजम क्षेत्र र इन्फास्ट्रक्चरका परियोजना तथा अन्य उद्योगलगायतका क्षेत्रमा समेत शेयर लगानी विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS