IME Life New

१७ स्थानमा सामाजिक उत्तरदायित्वका कार्यक्रम गरी गरिमा विकास बैंकले मनायो वार्षिकोत्सव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा विकास बैंक मंसिर ७ गते बिहीबारदेखि १७औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले यस अवसरमा हालसम्म निरन्तर साथ दिने सेवाग्राही,सेयरधनी,नियमनकारी निकायहरु, कर्मचारी तथा शुभेच्छुकहरुप्रति कृतज्ञता व्यक्त गरेको छ ।

कम्पनीले सोही अवसरमा काठमाडौंको पुतलीसडकमा १२३औं शाखा विस्तार गरेको छ छ । त्यसैगरी, कम्पनीले सोही दिन देशका विभिन्न स्थानमा १७ वटा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तरगत रक्तदान, डस्टबिन हस्तान्तरण, बृद्धाश्रममा न्यानोकपडा वितरण छात्रछात्राका लागि ब्याग हस्तान्तरण, ट्राफिक प्रहरीका लागि डिजिटल बोर्ड, वित्तीय कक्षा सञ्चालन, कुर्सी वितरण लगायतका कार्यक्रमहरु सम्पन्न गरेको बताएको छ।

Esewa
Crest

कम्पनीले देशभरमा १२३ वटा शाखा कार्यालय र ५१वटा एटिएमबाट बैंकिङ सेवा प्रवाह गरिरहेको छ । कम्पनीले चालू आर्थिक वर्ष २०८०र ०८१ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने करिब ६८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । करिब ८ लाख ग्राहकहरुलाई सेवा पुर्‍याइरहेको भन्दै कम्पनीले आफ्नो वासलात एवं अन्य प्रमुख वित्तीय सूचकहरुमा निरन्तर उत्साहजनक तथ्य प्रस्तुत गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS