IME Life New

चार महिना बित्दा पनि किन खुलेन प्रभु महालक्ष्मी लाइफको शेयर कारोबार ? यसो भन्छन् कम्पनी र सेबोन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एकीकृत कारोबार सुरु गरेको ४ महिना बढी समय बितिसक्दा पनि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शेयर कारोबार दोस्रो बजारमा खुल्न सकेको छैन। नेपाल धितोपत्र बोर्ड (सेबोन)को मर्जर विनियमवलीअनुसार मर्जरपछि एकीकृत कारोबार सुरु भएको मितिले १५ दिनभित्र शेयर कारोबार अनिवार्य रुपमा खुल्नुपर्ने व्यवस्था छ। तर, यो कम्पनीको शेयर कारोबार अझै खुल्न सकेको छैन।

साविक प्रभु र महालक्ष्मी लाइफ आपसमा गाभिएर प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट गत असार २९ गतेबाट एकीकृत कारोबार सुरु भएको थियो। साबिकका यी दुई कम्पनीमध्ये प्रभु लाइफ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीको हो भने महालक्ष्मी लाइफले आइपीओ नै जारी गरेको थिएन् । सोही मितिबाट प्रभु लाइफको शेयर कारोबार नेप्सेले रोक्का राखेको थियो ।

Esewa
Crest

लामो समयदेखि शेयर कारोबार नखुल्दा साबिकको प्रभु लाइफका लगानीकर्ताको सम्पत्ति बन्धक बनेको छ। कारोबार ४ महिना बढी समयदेखि नखुलेपछि उनीहरु आक्रोशित बनेका छन्।

नेप्सेका एक अधिकारीले हालसम्म प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबाट शेयर कारोबार फुकुवाका लागि नेप्सेमा कुनै पनि निवेदन नदिएको बताए। ‘पहिला धितोपत्र बोर्डले शेयर कारोबार खुलिदिन सिफारिस गर्नुपर्छ’, ती अधिकारीले भने, ‘धितोपत्र बोर्डबाट सिफारिस आएलगत्तै नेप्सेले शेयर कारोबार खुला गरिदिन्छ।’

साविक महालक्ष्मी लाइफ नेप्सेमा सूचीकृत नभएकै कारण शेयर कारोबार फुकुवा गर्न समय लागेको कम्पनीका एक अधिकारीले जानकारी दिए। प्रभु महालक्ष्मी लाइफको नाममा दोस्रो बजारमा शेयर कारोबार सुरु गर्नका लागि नेपाल धितोपत्र बोर्डमा आवश्यक सम्पूर्ण कागजपत्र पेस गरिसकेको ती अधिकारी दाबी गरेका छन्। ‘अब अर्को सातासम्म धितोपत्र बोर्डबाट स्वीकृति भई दोस्रो बजारमा शेयर कारोबार खुल्न सक्छ’, ती अधिकारीले भने।

उता धितोपत्र बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्यले भने शेयर कारोबार खुलाउन आवश्यक कागजपत्रहरु पूर्ण रुपमा कम्पनीले पेस नगरेको जानकारी दिए। ‘कम्पनीले नै आवश्यक सबै कागजपत्र पेस नगरेपछि हामीले अस्ति फाइल फर्काइदिएका छौँ’, इन्स्योरेन्स खबरसँग आचार्यले भने, ‘सबै कागजपत्र पुर्याएर शेयर कारोबार खुलाउनका लागि निवेदन दिन भनेका छौँ।’

कम्पनीले साबिकका दुवै कम्पनीको शेयर मिलानसम्बन्धी कागजपत्र पनि पूर्ण रुपमा पेस नगरेको आचार्यले बताए। ‘त्यसैले उक्त कम्पनीले जतिछिटो सबै कागजपत्र पेस गर्छ, त्यति नै छिटो शेयर कारोबार खुल्छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS