IME Life New

एफपीओको कर विवादमा बैंक र बीमा कम्पनीले दायर गरेको मुद्दामा आज सर्वोच्चमा बहस हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एफपीओको कर विवादमा बैंक र बीमा कम्पनीहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज बुधबार बहस हुँदैछ।

सर्वोच्च अदालतको संवैधानिक इजलाशमा १६ वटा वाणिज्य बैंक तथा २ बीमा कम्पनीले एफपीओको कर विषयका विषयमा दायर रिटमा बहस हुने भएको हो। प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लको संवैधानिक इजलाशमा यो मुद्दाको बहस हुनेछ।

Esewa
Crest

चालु आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयकमा आएको एफपीओ र मर्जरको आयमा कर व्यवस्था बदरको माग गर्दै १६ वटा वाणिज्य बैंकले सर्वोच्च अदालतमा संयुक्त रिट दायर गरेका छन्।

यसैगरी प्रिमियममा एफपीओ निष्कासन गरेका नेपाल लाइफ इन्स्योरेन्स र शिखर इन्स्योरेन्सले पनि सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। सर्वोच्चले बैंक र इन्स्योरेन्सले दायर गरेको दुवै मुद्दालाई एकै ठाउँमा सुनुवाइ गरिरहेको छ।

यसअघि गत असोज १७ गते सर्वोच्चले यो मुद्दामा कारण देखाउ आदेश जारी गरेको थियो। त्यसपछि यो मुद्दा हेर्दाहेर्दैमै रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS