IME Life New

इनड्राइभले सुरु गर्यो एन्ड्रिज स्मिथकको नेतृत्वमा नयाँ भेन्चर तथा एम एन्ड ए आर्म

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले आशाजनक स्टार्टअपहरुमा १०० मिलियन डलरसम्म लगानी गर्ने लक्ष्य राख्दै नयाँ उद्यम तथा एम एन्ड ए आर्मको सुरुआत गर्ने घोषणा गरेको छ। न्यु भेन्चर्सको भाइस प्रेजिडेन्टका रुपमा इनड्राइभमा सामेल भएका अनुभवी उद्यमी र लगानी व्यवसायी एन्ड्रिज स्मिथको नेतृत्वमा यो लगानी हुने भएको हो। न्यु भेन्चर्सको लगानी तीव्र वृद्धि र सकारात्मक सामुदायिक प्रभावमा केन्द्रित रहनेछ।

यस्ता छन् लगानीका मापदण्ड

Esewa
Crest

● त्यस्तो मिसन जसले अन्यायलाई चुनौती दिन्छ र व्यक्ति एवं समुदायको जीवनमा सुधार गर्दछ
● विश्वव्यापी विस्तारको सम्भावना भएका स्थानीय स्टार्टअपहरु
● पोस्ट–सिड÷प्रि–सिरिजए कम्पनीहरु– प्रमाणित उत्पादन बजार फिट भएका
● द्रुत अर्गानिक वृद्धि
● हेल्दी इकोनोमिक्स एन्ड क्यास फ्लो

इनड्राइभको न्यु भेन्चर्स भाइस प्रेजिडेन्ट एन्ड्रिज स्मिथले भने, ‘कुनै समयको अन्डरडग र अहिलेको विश्वव्यापी कम्पनी—इनड्राइभ पक्कै पनि उदीयमान लगानीकर्ता हो। जसले अन्यायलाई चुनौती दिने आफ्नो मिशनमा प्रतिबद्ध रहँदै द्रुत रुपमा विश्वव्यापी वृद्धि हासिल गरिरहेको छ। मानिसहरुको जीवनमा सुधार गर्ने किसिमका आविष्कारहरु गर्ने उदीयमान कम्पनीहरुमा लगानी गर्दै इनड्राइभले सफल तर बेवास्ता गरिएका स्टार्टअपहरुलाई मद्दत गरेर अन्यायलाई चुनौती दिने आफ्नो प्रतिबद्धतालाई अझ बलियो बनाउने लक्ष्य लिएको छ। उदीयमान बजारहरुमा आफ्नो उपस्थिति र द्रुत बृद्धिको फाइदा उठाउँदै इनड्राइभले विकसित देशहरुको तुलनामा पूँजी बजारमा न्यून पहुँच भएका यस्ता कम्पनीहरुमा लगानी गर्न खोजेको हो।

उज्ज्वल भविष्यका लागि योगदान दिँदै आफ्नो व्यवसायलाई वृद्धि गराउन चाहने अन्य नयाँ स्टार्टअपहरुलाई सक्षम बनाउने इन्ड्राइभको लक्ष्य हासिल गर्नको लागि मेरो आफ्नै उद्यम निर्माण र लगानी अनुभवलाई प्रयोग गर्न पाउँदा म उत्साहित छु।’

इनड्राइभको यो न्यु भेन्चर्स युनिट आफ्नो लगानी रहेको वा आफूले एक्वायर गरेको कम्पनीहरुलाई इनड्राइभको प्लेटफर्ममार्फत तीव्रगतिमा बढाउन केन्द्रित छ। यी कम्पनीले ४५ भन्दा धेरै बजारमा विश्वव्यापी मल्टि–मिलियन कस्ट्युमर बेस, कम्पनीको गो–टु–मार्केट जानकारी र प्रविधिको उपयोग गरेर बजारमा आफ्नो बलियो उपस्थिती बनाउन यी कम्पनीहरु सक्षम हुनेछन्।

एन्ड्रिजले स्टार्टअप र कर्पोरेट संगठनहरुमा मुख्य रणनीतिक भूमिका निभाएका छन्। जसमा मोर्गन स्टेनली र एभिभालगायत प्रमुख कर्पोरेटहरुमा व्यावसायिक रुपान्तरण, एक्विजिसन र एकीकरण गरेको अनुभव रहेको छ। उनले युरोप, मध्य पूर्व र एशिया–प्रशान्तको मुख्य रणनीतिक विकास साझेदार र स्वतन्त्र कर्पोरेट उद्यम निर्माणकर्ता स्ट्राइबरको साझेदारको रूपमा सफल उद्यमहरु पनि निर्माण गरेका छन्।

इनड्राइभका प्रेजिडेन्ट मार्क लक्रिनले भने, ‘न्यु भेन्चर्सको मुख्य मिसन भनेको परम्परागत इनोभेसन हबहरुभन्दा बाहिरका र बेवास्ता गरिएका तर उच्च वृद्धिको सम्भावना भएका स्टार्टअपहरु पहिचान गर्नु र तिनीहरुको सकारात्मक प्रभाव बढाउनका लागि तिनीहरुको विस्तारमा सहयोग गर्नु हो। एन्ड्रिजसँग कर्पोरेट र उद्यम निर्माण अनुभवको एक अद्वितीय मिश्रण छ। जसले गर्दा उनी न्यु भेन्चर्सको नेतृत्व गर्न योग्य र सक्षम छन्। उनको ऊर्जा र अनुभवले हामीलाई हाम्रो लगानी लक्ष्यहरु हासिल गर्न मद्दत गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौँ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS