IME Life New

टेक्नो मोबाइलका दुई नयाँ फोन पोभा र सिएएमओएन २० नेपाली बजारमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अन्तराष्ट्रिय बजारमा निकै लोकप्रिय टेक्नो मोबाइलका दुई नयाँ फोन, पोभा र सिएएमओन २० नेपाली बजारमा पनि उपलब्ध हुने भएका छन्। टेक्नो मोबाइलको नेपालका लागि आधिकारिक वितरक महालक्ष्मी मोबाइल्सले यि दुई मोबाइल नेपाली उपभोक्ताको आवस्यकता र रोजाईलाइ मध्यनजर राख्दै नेपाली बजारमा भित्र्याएको जनाएको छ।

पोभा मोबाइल सिरिज अन्तर्गतको पछिल्लो नयाँ संस्करण पोभा ५ विशेष गरि मोबाइल गेमिङ्गमा रुचि राख्नेहरुले निकै रुचाउनेमा वितरक कम्पनि विश्वस्त छ। ८+८ जिबिको र्याम, १२८ जिबिको इन्टरनल स्टोरेज र ४५ वाटको चार्जर सहितको यो मोबाइलले अल्टिमेट गेमिङ्गको अनुभव दिनेछ। ६००० एमएएच को ब्याट्रीका साथ आउने पोभा ५ ६.७८ इंच एफएचडी  ढिओटी इन डिस्प्लेमा उपलब्ध छ। यसमा जडित भ्यापर च्याम्बरु ले फोन नतात्ने र ६ एनएम प्रोसेसरले ल्यागिङ्ग समस्या पनि नहुने वितरक कम्पनीको भनाइ छ। ५० मेगा पिक्सेलको एच डि डुअल रेअर क्यामेरा पोभा ५ मोबाइलको अर्को आकर्षक फिचर हो।

Esewa
Crest

त्यसैगरी फोटो या भिडियोग्राफीमा रुचि राख्नेहरुको रोजाइमा पर्ने सम्भावना बोकेको मोबाइल हो, सिएएमओएन २० मोबाइल ६४ मेगा पिक्सलको सुपर नाइट रेयर क्यामेरा र ३२ मेगा पिक्सलको ए आई सेल्फी क्यामेराको साथमा सिएएमओएन २० आकर्षक ७.८ मिमि पातलो डिजाइनमा उपलब्ध छ। ६.६७ इन्चको डिस्प्लेमा नै रहेको फिंगर प्रिन्ट सेन्सरका साथमा ३३ वाटको चार्जर, यो मोबाइलको अर्को आकर्षक फिचर हो। सिएएमओएन २० को ५००० एमएएच को ब्याट्री र ८+८ जिबि र्यामले प्रयोगकर्तालाइ अभुतपुर्व अनुभव दिने वितरक कम्पनीको भनाई छ।

नयाँ प्रविधिको प्रयोग गर्न र नौलो अनुभव गर्न सधैँ उत्साहीहरुका लागि टेक्नो का यी दुई फोन, पोभा र सिएएमओएन २० सहि र उचित रोजाई बन्नेछ। यो चाड पर्वको अवसरमा नयाँ मोबाइल किन्न वा किनिदिन इच्छुकहरु अब धेरै अलमलमा नपर्ने वितरक महालक्ष्मी मोबाइल्सको विश्वस्त छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS