IME Life
GBIME

प्रथम त्रैमासः जीवन बीमा कम्पनीको खुद व्यापार ‍४० अर्ब ३६ करोड, दुई बाहेक सबै अर्ब क्लबमा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बीमा कम्पनीहरुले आर्थिक वर्ष आर्थिक वर्ष २०८० /८१ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका छन् । जीवन बीमा कम्पनीहरुले प्रकाशन गरेको तथ्याङक अनुसार यस अवधिमा दुई जीवन बीमा कम्पनीको खुद बीमाशुल्क आर्जन सामान्य घटेको छ भने अन्य कम्पनीको खुद बीमाशुल्क आर्जन बढेको छ ।

कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण हेर्दा यस अवधिसम्ममा कम्पनीहरुले ४० अर्ब ३६ करोड ७३ लाख ४६ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । गत आर्थिक वर्षको यसै अवधिमा यी कम्पनीहरुले २५ अर्ब ८४ करोड ३५ लाख ८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका थिए । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको खुद बीमाशुल्क आर्जन १३ प्रतिशतले बढी हो ।

Crest

समिक्षा अवधिमा सबैभन्दा धेरै खुद बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नै रहेको छ । कम्पनीले यस अवधिमा १० अर्ब ८२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको तुलनामा ८ प्रतिशतले वृद्धि गरेको हो । दोस्रोमा सरकारी स्वामित्वको जीवन बीमक राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब ५६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । तेस्रोमा भारतीय स‌ंयुक्त लगानीको जीवन बीमक एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब ४९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।
त्यस्तै, हिमालयन लाइफले ४ अर्ब २२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले २ अर्ब २३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । एशियन लाइफले १ अर्ब ७९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । सिटिजन लाइफले १ अर्ब ४२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । मेट लाइफले १ अर्ब ३१ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । प्रभु महालक्ष्मी लाइफले १ अर्ब १२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।

त्यसैगरी आइएमई लाइफले १ अर्ब ३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । रिलायबल नेपाल लाइफले ९३ करोड ३५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

खुद बीमा शुल्क बृद्धिमा
यस अवधिमा सबैभन्दा धेरै खुद बीमाशुल्क  वृद्धि गर्नेमा सानिमा रिलायन्स लाइफ रहेको छ । कम्पनीले गत आर्थिक वर्षको तुलनामा यस समिक्षा अवधिमा खुद बीमाशुल्क १६० प्रतिशतले बृद्धि गरी १ अर्ब ४३ करोड पुर्याएको छ । गत वर्षको यसै अवधिमा कम्पनीले ५४ करोड ९१ लाख खुद बीमाशुल्क आर्जन गरेको थियो ।

दुई कम्पनीको खुद बीमाशुल्क घट्यो
यस अवधिमा नेशनल लाइफ र सन नेपाल लाइफको खुद बीमाशुल्क आर्जन सामान्य घटेको देखिएको छ । नेशनल लाइफको खुद बीमाशुल्क गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ दशमलव ७८ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको यसै अवधिमा ४ अर्ब १८ करोड खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले यस समिक्षा अवधिमा ४ अर्ब १० करोड बीमाशुल्क आर्जन गरेको छ । सन नेपाल लाइफको खुद बीमाशुल्क ० दशमलव ०१ प्रतिशतले घटेको छ । कम्पनीले गत वर्षको यसै अवधिमा ८५ करोड १४ लाख खुद बीमाशुल्क आर्जन गरेकोमा यस अवधिमा ८५ करोड १३ लाख गरेको छ ।

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS