IME Life
GBIME

कागपूजाका अवसरमा कलाकार दुलालले रत्नपार्कमा गरे २० औं काग सम्मेलन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । विगत १९ वर्षदेखि काग तिहारको दिन प्रत्येक वर्ष काग सम्मेलन गर्दै आएका कलाकार रमेश दुलालले (काग दाई) ले यसपटक पनि काग तिहारको अवसरमामा २० औं काग सम्मेलन गरेका छन् । कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक सुरु भएसगै पहिलो दिन काग तिहारको अवसरमा दुलालले २०औं काग सम्मेलन गरिएको गरेका हुन् । १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने कलाकार रमेश दुलाल (काग दाई)ले काठमाडौंको रत्नपार्कमा २० औं ‘काग’ सम्मेलन सम्पन्न गरेहो हो ।

राष्ट्रिय सङ्गीतकर्मी सङ्घले आयोजना गरेको काग सम्मेलन बिहान करिब ४० मिनेटसम्म उनले कागलाई बोलाएका थिए र सयौं काग एकै ठाउँमा झुम्मिएका थिए । मैले विगत १९ बर्षदेखी यसरी नै बिभिन्न ठाउँमा काग सम्मेलन गर्दै आएको छु । बिशेषगरी तिहारको परम्परालाई जोगाई राखौं र सकारात्मक सन्देश दिऊँ भन्ने मेरो चाहाना हो उनले भने, काग सम्मेलन कर्ता कलाकार दुलालले भने । यो रत्नपार्क क्षेत्रमा पहिलेका बर्षहरुमा जस्तो कागको संख्या छैन । यो ठाउँमा सुरुसुरुमा निकै काग हुने गर्थे, अहिले कमि आएको छ ।

Crest

दुलालले काग सम्मेलन पहिलो बर्ष पश्चिम धनगढीबाट सुरु गरेका थिए । दाङ र ईलाममा केहि बर्ष काग सम्मेलन गरेपछि काठमाडौंमा गर्न थालेको उनले बताए। । आफूले सपनामा काग कराएको देखेपछि बिपनामा पनि काग कराउन थालेको र प्रत्येक बर्ष काग तिहार दिन काग जम्मा पार्ने गरेको उनको भनाई छ । उनी अघि भन्छन्, कागको शुभ र अशुभ खबर हुन्छ । कागलाई शुभ खबरले बोलाउँदा आउँदैन र अशुभ खबरले बोलाउँदा आउँछ । उसको भाषा बुझेर बोलाउनु पर्छ । यसबर्षको काग सम्मेलनमा पहिलेको जस्तो कागको संख्या कम हुँदै गएको उनले बताए ।

सो अवसरमा राष्ट्रिय सङ्गीतकर्मी संघका कार्यबाहक अध्यक्ष प्रकाश कटुवालले विगतमा भन्दा आउँदा वर्षहरुमा कागको सख्।ा काम हुँदै गएको बताए । उनी भन्छन्, ुहामीपनि बिगत लामो समयदेखी रमेश दुलालजीसँगै छौं । कागको संख्यामा कमि आएको अनुभूति गरेका छौं ।

दुलालले कागबाहेक मुखैले मादल, सनाइ, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा, गितारको धुनसमेत निकाल्छन् । गाई, भैँसी र अन्य चराचुरुङ्गीको आवाज पनि दुरुस्तै सुनाउँदै आएको दुलालले बताए । यस दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय परम्परा छ

यसबर्ष ह्याम्स हस्पिटल काठमाडौं र सन्दकपुर गाउँपालिका इलामले कार्यक्रमको सह आयोजना गरेको हो । साथै एसियामा गजल रेष्टुरेन्टको मुख्य प्रायोजन, ओशियन ब्राइट, शान्ति तथा ग्रामिण विकास केन्द्र (सिपाई), टप राजधानी रोधी क्लब, ओम तन्दुरी र होराईजन स्पाको सह प्रायोजन रहेको छ ।

 

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS