IME Life New

नाडेप लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी पनि घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ५ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा ९५ दशलमव ८४ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड २२ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २७ दशमलव २८ प्रतिशत घटेको छ । खुद फि तथा कमिसन आम्दानी १६ दशमलव ५७ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको अन्य सञ्चालन आम्दानी २० दशमलव ०३ प्रतिशत र सञ्चालन मुनाफा ९९ दशमलव ३२ प्रतिशतले घटेको छ।

Esewa
Crest

४८ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४० करोड ५८ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा ५.५६ प्रतिशत घटेको हो।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १० रुपैयाँ ८ पैसाबाट घटेर ४२ पैसामा सीमित भएको छ। यस अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १ हजार १९२.८६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८३ रुपैयाँ ५५ पैसा रहेको छ।

असोज मसान्तसम्ममा लघुवित्तले ४ अर्ब १५ करोड ३२ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब २४ करोड ४४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। लघुवित्तको निष्क्रिय कर्जा यस अवधिमा ४ दशमलव ९७ प्रतिशतबाट बढेर ६ दशमलव ५६ प्रतिशत पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS