IME Life New

कर्णाली सरकारले गरिदिएको प्राकृतिक प्रकोप बीमाले मृतकको परिवारलाई थोरै भएपनि राहत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएका व्यक्तिको परिवारले प्राकृतिक प्रकोप बीमा दाबीवापत २ लाख रुपैयाँ राहत पाउने भएका छन् । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश भरका सबै बासिन्दाको प्राकृतिक प्रकोप बीमा गरिदिएकाले मृतकको परिवारले मृत्यु हुनेको स‌ंख्याको आधारमा २ लाख रुपैयाँका दरले बीमा क्षतिपूर्ती पाउने भएका हुन्।

सरकारी निर्जीवन बीमक राष्ट्रिय बीमा कम्पनीमार्फत् कर्णाली प्रदेश सरकारले प्रदेशका प्रत्येक बासिन्दाको निःशुल्क प्राकृतिक प्रकोप बीमा गरिदिएको थियो । प्रति व्यक्ति २ लाख रुपैयाँ बीमा‌ंकका दरले प्राकृतिक प्रकोप बीमा गरिएको थियो।

Esewa
Crest

निर्जीवन बीमक राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले प्रदेश सरकारले गरिदिएको बीमा बहालै रहेकाले मृतकका परिवारले क्षतिपूर्ती पाउने बताए । उनले भने, मृतकका परिवारजनलाई सक्दो सीमित कागजपत्रका आधारमै भएपनि प्रकृयागत झण्झट रहित दाबी भुक्तानी गर्ने तयारी गरिरहेका छाै‌ं, सक्दो चाँडो क्षतिपूर्तीवापतको रकम वितरण गर्नेछाै‌ं।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS