Connect IPS
IME Life

एक महिनामा जीवन बीमा कम्पनीहरुले संकलन गरे २ अर्ब ३८ करोड प्रथम बीमा शुल्क, कुनको कति (सूचिसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०८० /८१ को असोज महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले २ अर्ब माथिको नयाँ व्यवसाय गरेका छन् । यी कम्पनीहरुले असोज महिनामा मात्रै ९ लाख १६ हजार ९३ वटा बीमा पोलिसी विक्री गरी २ अर्ब ३८ करोड ३४ लाख रुपैयाँ प्रथम बीमा शुलक आर्जन गरेका छन् । यी कम्पनीहरुले असोज महिनासम्ममा १ करोड ३८ लाख ६४ हजार ८५० वटा बीमालेख विक्री गरी कुल ४० अर्ब ८० करोड १६ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गर्न सफल भएका हुन् ।

नेपाल बीमा प्राधिरकणले उपलब्ध गराएको तथ्याङक अनुसार यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रथम बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले ३५ करोड ८ लाख प्रथम बीमा शुलक आर्जन गर्न सफल भएको छ । तेस्रोमा हिमालयन लाइफ रहेको छ । कम्पनीले यस अवधिमा १९ करोड ३१ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, एलआइसी नेपालले १७८ करोड ६८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । सूर्यज्योति लाइफले १८ करोड ७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । सिटिजन लाइफले १४ करोड २६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । सानिमा रिलायन्स लाइफले १२ करोड ६८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । एशियन लाइफले १२ करोड १३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

त्यसैगरी आइएमई लाइफले १२ करोड ४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । रिलायबल नेपाल लाइफले १० करोड ५० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । सन नेपाल लाइफले १० करोड ३६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । मेट लाइफले १० करोड ११ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ९ करोड ८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ भने राष्ट्रिय बीमा संस्थानले ४ करोड ८५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

14%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS